गाेरखा। शिक्षक मैत्रीपुर्ण भलिबल खेलकाे उपाधी रत्न राज्य माध्यमिक बिरेन्चाेकले हात पारेकाे छ ।गाेरखाकाे पालुङटार नगरपालिका वडा न ८ काे अकला माध्यमिक बिद्यालय धुवाँकाेटकाे स्वर्ण जयन्तकी अबसरमा शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियाेगितामा गाेरखाकाकाे रत्न राज्य माबि बिरन्चाेकले उपाधी हात पारेकाे अकला माबिका प्रअ राजु अम्गाईले जानकारी दिए ।
अकला माबिकाे स्वर्ण जयन्तिकाे विशेष अबसरमा आयाेजित शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियाेगितामा गाेरखा र तनुहँकाे बिद्यालय शिक्षकहरुकाे ९ वटा टिमले भाग लिएकाे अकला माबि धुबाँकाेटका प्रध्यानध्यापक अम्गाईले जानकारी दिए ।
९ वटा टिम मध्ये ७ टिमलाई हराउँदै फाईनलसम्म पबित्रा माध्यमिक बिद्यालय सत्रसय र रत्न राज्य माबि बिरेन्चाेक फाइनलमा पुगेका थिए ।
जसकाे फाईदा उठाउदै रत्न राज्य माबि बिरेन्चाेकले प्रथम स्थान हासिल गर्दै नगद दस हजार सहित मेडल र प्रमाण पत्र हात पारेकाे छ भने द्वितृया हुन सफल पबित्रा माध्यमिक बिद्यालय सत्रसय तनहुँका शिक्षकहरुले नगद ७ हजार सहित मेडल र प्रमाण पत्र जित्न सफल भएको शिक्षक प्रकाश तिबारीले जानकारी दिए ।
स्वर्ण जयन्तिकाे अबसरमा दुई जिल्ला तनहुँ र गाेरखाका माध्यिक बिद्यालयका शिक्षकहरुकाे खेल दुई दिनसम्म चलेकाे प्रअ अम्गाईले जानकारी दिए ।