Skip to content
Pokharapress Logo
१६ श्रावण २०८३, शनिबार

शिक्षक मैत्रिपुर्ण भलिबल खेलकाे उपाधि रत्न राज्य माबि बिरेन्चाेकलाई

loading views..
Nepal Telcome

गाेरखा। शिक्षक मैत्रीपुर्ण भलिबल खेलकाे उपाधी रत्न राज्य माध्यमिक बिरेन्चाेकले हात पारेकाे छ ।गाेरखाकाे पालुङटार नगरपालिका वडा न ८ काे अकला माध्यमिक बिद्यालय धुवाँकाेटकाे स्वर्ण जयन्तकी अबसरमा शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियाेगितामा गाेरखाकाकाे रत्न राज्य माबि बिरन्चाेकले उपाधी हात पारेकाे अकला माबिका प्रअ राजु अम्गाईले जानकारी दिए ।

अकला माबिकाे स्वर्ण जयन्तिकाे विशेष अबसरमा आयाेजित शिक्षक मैत्रीपुर्ण भलिबल प्रतियाेगितामा गाेरखा र तनुहँकाे बिद्यालय शिक्षकहरुकाे ९ वटा टिमले भाग लिएकाे अकला माबि धुबाँकाेटका प्रध्यानध्यापक अम्गाईले जानकारी दिए ।

९ वटा टिम मध्ये ७ टिमलाई हराउँदै फाईनलसम्म पबित्रा माध्यमिक बिद्यालय सत्रसय र रत्न राज्य माबि बिरेन्चाेक फाइनलमा पुगेका थिए ।

जसकाे फाईदा उठाउदै रत्न राज्य माबि बिरेन्चाेकले प्रथम स्थान हासिल गर्दै नगद दस हजार सहित मेडल र प्रमाण पत्र हात पारेकाे छ भने द्वितृया हुन सफल पबित्रा माध्यमिक बिद्यालय सत्रसय तनहुँका शिक्षकहरुले नगद ७ हजार सहित मेडल र प्रमाण पत्र जित्न सफल भएको शिक्षक प्रकाश तिबारीले जानकारी दिए ।

स्वर्ण जयन्तिकाे अबसरमा दुई जिल्ला तनहुँ र गाेरखाका माध्यिक बिद्यालयका शिक्षकहरुकाे खेल दुई दिनसम्म चलेकाे प्रअ अम्गाईले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link