१२ बुँदे समझदारीका पक्षधर शक्तिहरु एक ठाउँमा :प्रधानमन्त्री प्रचण्ड

१२ बुँदे समझदारीका पक्षधर शक्तिहरु एक ठाउँमा :प्रधानमन्त्री प्रचण्ड

पोखरा। पोखरामा पार्टीको आन्तरिक कार्यक्रममा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले पार्टीका सबै नेता कार्यकर्तालाई दुई महिना जनता, शहीद परिवार, घाइते र बेपत्ता योद्धाका बीचमा जान विशेष अनुरोध गरेका छन्।

गण्डकी प्रदेश समितिको छैटौँ पूर्ण बैठकलाई पोखरामा सम्वोधन गर्दै उनले केन्द्रीय समितिको बैठकअघि जनता तथा आम कार्यकर्ता पङ्तिक‍ो सुझाव लिएर आउन उक्त कार्यक्रममा विशेष जोड दिए।
उनले भने “वास्तविक जनताका राय सल्हालाई लत्याउने आफ्ना निहित स्वार्थ समुहका काम गर्न तल्लिन भएकाहरुले ल्याएका कुराले समस्या त्यति समाधान हुन सकेन । हामी आफ्ना आफ्ना कुरामात्र लिएर आउने भइयो । दुई महिना जनतामा गएर सुझाव लिएर आउनुहोला । जनताका सुझावका आधारमा पार्टी पुनःनिर्माण गर्नेछौँ ।”

प्रधानमन्त्री प्रचण्डले हाल पार्टी अप्ठ्यारोमा रहेकाले जनताको सुझाव र आलोचनाका आधारमा आफुले दस्ताबेज नाउने र त्यसलाई केन्द्रीय समितिमा लग्ने उनले बताए।अब केही समूहसँग तत्काल पार्टी एकताको समेत सम्भावना रहेको उल्लेख गरे।
“पार्टी एकताको सम्भावना भएकासँग एकता गर्ने, नभएकासँग समाजवादी मोर्चा बनाउने र छलफल गर्दै गएर बामपन्थी धुव्रिकरणको बाटो अवलम्व गर्नुपर्ने हुन्छ ।” प्रधानमन्त्रीले भने केही समूहसँग तत्काल पार्टी एकताको समेत सम्भावना देखिएको छ ।यसरी पार्टीलाई पुनर्गठन गर्दै जनआधार विस्तारको सम्भावना पैदा हुन्छ ।”

जनतालाई आशा दिलाउने काम अहिलेको सरकारले गरिरहेकोले जनतालाई सरकारले गरेका कामका बारेमा बुझाउन पार्टीका नेता,कार्यकर्तालाई आग्रह गरे ।प्रधामन्त्री प्रचण्डले १२ बुँदे सहझदारीका पक्षधर शक्तिहरु एक ठाउँमा उभिनुपर्ने अवस्था अहिले रहेको बताए । साथै अहिलेको सचिबालयलाई काम नलगाग्ने भनेर आफुलाई कार्यकर्ताहरुबाट गुनासो आएको बिषयमा उनले भने कामै नभएकाहरुसँग निरन्तर भेटघाट र आफ्ना कार्यकर्ताहरुसँग भेटघाट गर्न नसकेको स्वीकार्दै अब सचिबालयको बैठक बसेर यस्ता सामस्या समाधान गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.