काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको नेकपाको राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताएका छन्।
मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली पश्चगमनतिर लागेको कुरा उनको व्यवहारबाटै प्रष्ट भएको बताएका छन् ।
श्रेष्ठले भने, ‘हामी ढुक्क छौं संविधानअनुसार प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। पार्टीको नाम र चुनाव चिन्ह हामीसँगै नै आउँछ। यसमा कसैले द्वुविधा नमाने हुन्छ।’ श्रेष्ठले पार्टीको आधिकारिकता र चुनाव चिन्ह आफूहरुसँगै रहेको पनि दावी गरे । उनले भने, ‘पार्टी ऐनले प्रस्ट भनेको छ, तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी हो । अर्को पक्षको ४० प्रतिशत पुगेमा पार्टीको मान्यता दिने भनेको छ ।’
कसैलाई सत्तामा पुर्याउन, प्रधानमन्त्री र मन्त्री मुख्यमन्त्री बनाउन आफूहरूले पार्टी एकता नगरेको श्रेष्ठको भनाइ छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.