गोरखालाई ईतिहासकै सुनाैलाे अवसर छ दिर्घकालिन याेजना बनाएर आउनुस : प्रधानमन्त्री प्रचण्ड

गोरखालाई ईतिहासकै सुनाैलाे अवसर छ दिर्घकालिन याेजना बनाएर आउनुस : प्रधानमन्त्री प्रचण्ड

गोरखा।प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखालाई अहिले ईतिहासकै सुनाैलाे अवसर प्राप्त भएको बताएका छन् ।

गाेरखा जिल्लाभरका सबै पालिका प्रमुखहरु, जनप्रतिनिधिहरुलाई तत्काल गर्नुपर्ने काम, मध्यकालीन र दिर्घकालीन ठुला परियोजना के मा ध्यान दिनुपर्छ ति परियोजनालाई लिपिबद्ध गरेर ल्याउनुभयो भने गोरखा जिल्लालाई ठुलो अवसर छ’ शहिद दिलबहादुर रम्तेलको २८ औँ स्मृती दिबसको अवसरमा गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रममा उनले भने ।

यस्तो अवसर सँधै प्राप्त नहुने बताउँदै उनले सबैले मिलेर यो अवसरको सदुपयोग गर्नुपर्ने बताए । प्रधानमन्त्री, उपप्रधानमन्त्री गोरखाकै भएको स्मरण गराउँदै उनले यस्तो बताएका हुन् ।

गोरखाबाट निर्वाचित भएर प्रधानमन्त्री भएपछि यस ठाउँका जनतालाई पहिलो पटक भेट्न पाएकामा खुसी बाँड्दै उनले चुनावी अभियानका क्रममा गरिएको बाचा पुरा गर्ने बिश्बास ब्यक्त गरे ।सडक कालोपत्रे गर्ने, बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने, बेनिघाट—लार्के सडक निर्माण गर्ने, उत्तर दक्षिण करिडोर, पालुङटार एरपोर्ट संचालन, रबर उद्योग संचालन लगायतका विषय आफुलाई स्मरण भईरहेको उनले बताए ।

जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय शहिद घोषणा गरिने प्रधानमन्त्री दाहालले बताएका छन् । उनले भने ‘जनयुद्ध र जनआन्दोलनका सबै शहिदहरुलाई राष्ट्रिय शहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्ने सोच बनाएको छु ।’ यो पनि उनीहरुप्रतिको सम्मान हुने उनले बताए ।

२०६४ सालमा प्रधानमन्त्री हुँदा राष्ट्रिय शहिद घोषणा गरेपनि राजपत्रमा प्रकाशित नभएको बताउँदै उनले त्यतीबेलाको माईन्यूट खोजेर पत्ता लागेपछि राजपत्रमा नामावली प्रकाशित गरिने बताए । त्यसअघि प्रधानमन्त्री दाहालले भने अहिले पहिलो पटक फागुन १ गतेलाई जनयुद्ध दिबस मनाउने भनेर नेपाल सरकारबाट निर्णय भएको छ शहिद, बेपत्ता योद्धा प्रति यो एउटा सम्मान हो ।’

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित बिधेयक पारित भएपछि शहिद तथा बेपत्ता, घाईतेहरुलाई परिपुरण दिन, बालबच्चाको भरण पोषण, स्वास्थ्य उपचारको ब्यवस्थाले केही मलम पट्टी लाग्ने उनले बताए ।

‘पहिल्यै हुनुपथ्र्यो,सपना ढिलै भएपनि पुरा हुँदैछ’ प्रधानमन्त्री दाहालले भने ‘ढिलै भएपनि प्रक्रिया अघि बढ्दैछ, यसको नेतृत्वगर्ने अवसर मेरै पालामा अहिले प्राप्त भएको छ, देशभरीका युद्ध पिडितकालागि यो खुसीको कुरा हो ।’

आफु प्रधानमन्त्री भएपछिअर्थतन्त्रमा दुई महिना नबित्दै सुधारको संकेत देखिएको दावी उनले गरे । केही ठुला परियोजना र शुसासन मार्फत प्रधानमन्त्रीको तेस्रो कार्यकाल इतिहासमा सम्झने खालको गर्न लागेको उनले बताए ।

देशमा राजनीतिक उदारचढाब भईरहने बताउँदै उनले भोट माग्दा जुन दल मिलेका थिए सरकार बन्दा फरक परिस्थिती भएको र राष्ट्रपतिको चुनाव सम्म आउँदा नयाँ परिवेश बनेको उनले बताए । ‘हिजो मात्रै राष्ट्रपतिको चुनावको सन्र्दभमा आउँदा परिस्थिती फेरिएको छ, एमालेसँगपनि लगातार कुरा भईरहेका छ, २५ गते सम्म जाँदा सर्वसम्मत हुन र नभएपनि नयाँ ढंगले अघि बढिनेछ’ उनले भने ।नेपाली सेनाको हेलिकप्टरबाट बारपाक सुलिकोट आएका उनी त्यहाँबाट गोरखा २ कै पालुङटारमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । उनीसँगै माओवादी केन्द्रका सचिव हितराज पाण्डेपनि सहभागी छन् । कार्यक्रममा बोल्दै पाण्डेले शहिदको सपना र बलिदान खेर जान नदिने प्रतिवद्धता जनाए । कुरा धेरै र ब्यवाहारमा काम कम गर्ने प्रकारको रहेको बताउँदै उनले जनताको सेवामा धेरै लाग्न कार्यकर्तालाई सुझाब दिए ।

बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा दिलबहादुर रम्तेलका आमा चरिमाया रम्तेल र बुबा सेते रम्तेल लगायत परिवारलाई प्रधानमन्त्री दाहालले दोशल्ला ओढाएर सम्मान गरेका थिए । २०५२ साल फागुन १४ गते १० वर्षको उमेरमा नेपाली सेनाले चलाएको गोली लागेर मृत्यू भएको थियो । सुर्यज्योती माविका शिक्षक बिरबहादुर गुरुङलाई नेपाली सेनाले गिरफ्तार गरेपछि विद्यार्थीले प्रर्दशन गरेका थिए । उक्त प्रर्दशनमा प्रहरीले गोली चलाउँदा रम्तेलको मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.