राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको शुक्रबार कतार जाने कार्यक्रम स्थगित गरिएको उनको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री दाहाल अतिकम विकसित मुलुकहरू (एलडीसी)को सम्मेलनमा भाग लिन आउँदो शुक्रबार कतार जाने तय भएको थियो ।
प्रधानमन्त्री दाहालले आजै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका छन् । परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन् ।