Skip to content
Pokharapress Logo
३१ आश्विन २०८२, शुक्रबार

उपयुक्त पात्रलाई राष्ट्रपतिमा मतदान गर्न खड्ग ओलीको अपिल

loading views..

काठमाण्डु। एमाले अध्यक्ष केपी शर्माओलीले प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छली कुराबाहेक अरु नजानेको टिप्पणी गरेका छन् ।

एमाले केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा हिजो राष्ट्रपतिको निर्वाचनको लागि  प्रतिनिधिसभा, राष्ट्रिय सभा तथा प्रदेश सभा सांसदहरूलाई प्रशिक्षण दिँदै ओलीले सो कुरा बताएका हुन् ।

‘एक जना नेपालको नेता हुनुहुन्छ । १० पुसमा भएको सहमति तोड्नुभयो । सहमति तोडेर राष्ट्रिय सहमति रटान लगाइरहनुभएको छ,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘भएको सहमति तोडेर राष्ट्रिय सहमति हुन्छ ? कस्तो छली कुरा ? राष्ट्रिय सहमति तोड्ने अनि राष्ट्रिय सहमतिको रट लगाएको लगाएकै गर्ने ? म त्यस पार्टीका कार्यकर्ता र माननीयहरूलाई भन्न चाहन्छु । एउटा व्यक्तिको स्वार्थ र छलछामको पछि तपाईँहरू नलाग्नोस् ।’

प्रचण्डले हिजोका दिनमा पनि परिवर्तनको सपना देखाएर मुलुकलाई धेरै क्षति पुर्‍याएको ओलीले दाबी गरे ‘अहिले पनि अनेक प्रकारका चटक देखाएर मान्ने अलमल्याउने कोसिसमा उहाँ हुनुहुन्छ,’ ओलीले भने, ‘तपाईँहरू त्यो चटकबाट उम्किनुहोस् । तपाईँहरू बलिदानको पृष्ठभूमिबाट आउनुभएको छ । नेकपा एमालेले उपयुक्त पात्रलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । सबै पार्टीलाई आग्रह गर्न चाहन्छु । उपयुक्त पात्रलाई राष्ट्रपति बनाउन भूमिका खेल्नुहोस् ।’

उनले अब पनि सचेत नहुने हो भने देश अप्ठ्यारोमा पुग्ने चेतावनी पनि दिए ।  ‘अहिले तपाईँहरूले विवेक पुर्‍याउनु भएन भने सच्याउन नसक्ने ठाउँमा मुलुक पुग्नेछ,’ उनले भने, ‘माननीयज्यूहरूलाई आग्रह गर्न चाहन्छु । अब सकारात्मक सोच र तथाकथित घेराभन्दा माथि उठेर गुण–दोषको आधारमा, योग्यताको आधारमा जिम्मेवारी दिने कुरामा तपाईँहरू सचेत हुनुहोस् ।’

ओलीले राष्ट्रपति संविधानको रक्षक र पालक भएको भन्दै गुण–दोषका आधारमा, क्षमताका आधारमा, संविधानप्रति, लोकतन्त्रप्रति प्रतिबद्धताका आधारमा छनोट गर्नुपर्ने बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्