Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गोरखा क्याम्पसमा स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका बिष्णु पाण्डे निर्वाचित

loading views..

गोरखा। गाेरखाकाे एकमात्र आंगिक क्याम्पास गोरखा क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार बिष्णु पाण्डे निर्वाचित भएका छन् । अखिल क्रान्तिकारीको गोरखा जिल्ला अध्यक्ष समेत रहेका पाण्डे क्याम्पसको स्ववियु सभापतिमा निर्बिरोध निर्वाचित भएका हुन्। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गोरखाका चार विद्यार्थी संगठनले आपसी समझदारी गरेर जाने सहमती भएको थियो । गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने विद्यार्थी संगठनहरु बिच सहमति भएको थियो। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज शनिवार उम्मेदवारी दर्ता गर्ने दिन रहेकाेमा अरु कुनै पनि उमेदवारले सभापतिकोलागि उमेदवारी नदिएकाले पाण्डे निर्बिराेध निर्बाचित भएकाे निर्बाचन मण्डलका एक सदस्यले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्