Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

संविभानसभाका अध्यक्ष नेम्वाङज्यू ! संविधानमाथि `कु´ भएका बेला त दुलाबाट निस्कनुस्- गगन कुमार थापा

loading views..
Nepal Telcome

काठमाडौं । कांग्रेस नेता गगन थापाले प्रतिनिधिसभा विघटनको बिषयमा सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने बिश्वास व्यक्त गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।’ थापाले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानमा ’’कु’’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसकेको आरोप उनले लगाएका छन् ।  ‘म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससंग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ।’ उनले लेखेका छन्, ‘अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ’’कु’’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ’निरिहता’ देख्दा दया लागेको छ।’ यस्तो छ उनको भनाई मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर–’’श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाय यस्तो हुँदै होइन’’भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ। अपसोच उहाँ त कसैले केही सोध्लान की भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ।आफैले बनाएको संविधानमा ’’कु’’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ’निरिहता’ देख्दा दया लागेको छ। संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link