गाेरखा। गाेरखामा खेलाडी उत्पादन गर्न आईटी एफ संघ गठन भएकाे छ ।आईतबार गाेरखा सदरमुकाममा भएकाे जिल्ला भरिका खेलाडीहरु जम्मा भएर खेलमा चासाे र चिन्ता ब्यक्त गर्ने खेलाडीहरुकाे आम भेलाले बिष्णु कुमार श्रेष्ठ अध्यक्ष रहेकाे आईटी एफ संघ गठन गरिएकाे आईटी एफका सह सचिब अनिष अर्यालले जानकारी दिए ।
जिल्लामा मुख्य रुपमा खेलाडी उत्पादन गर्नु र खेलकाे माध्यमबाट गाेरखालाई चिनाउनु मुख्य ध्येय रहेकाले आईटी एफ संघ गठन गर्न लागिएकाे युबा खेलाडी सुबास तमाङले बताए । खेलमा सामुहिक सहकार्यकाे बिकास र भाबन हुने भन्दै खेलकुदबाट ब्यक्ति समाज र राष्ट्रले नै बहुपक्षिय लाभ लिन सकिने भएकाले पनि आईटी एफ संघ गठन गरिएकाे अध्यक्ष बिष्णु कुमार श्रेष्ठले बताए ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.