Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

गाेरखा दुर्घटनाका सम्पूर्ण घाइतेको पहिचान खुल्यो ३जनालाई थप उपचारकाे लागि भरतपुर पठाइयो

ग‍ोरखा। आज दिउँसाे सभा १ बजे बसपार्कबाट हरमटारी जाँदै गरेकाे प्र न ३ ०१/००३क नम्बरकाे दूध बाेक्ने ट्रक बिसाैनी माेडमा अनियनिन्त्र हुदाँ भएकाे दुर्घटनामा ३ जना घाईतेलाई थप उपचारकाे लागि भरतपुर अस्पतालमा रिफर गरिएकाे छ। रिफर हुनेहरुमा बर्दिया घर भएका मंगल चाैधारी , दाेलखा घर भएर राष्ट्रिय बाणिज्य बैङक गजुरीमा कार्यरत कर्मचारी बिष्णु खड्का र ठेगाना खुल्न नसकेका बुद्वि बहादुर नेपालीलाई भरतपुर अस्पताल रिफर गरिएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।

गाेरखा आरुघाट घर भएका सबारी धनी तथा चालक उमेश श्रेष्ठकाे मृत्यु भइसकेकाे र अरु ४ जान घाइतेकाे जिल्ला अस्पताल गाेरखामा उपचार भइरहेकाे जिल्ला अस्पताल गाेरखाले जनाएकाे छ ।

जिल्ला अस्पताल गाेरखामा उपचार गरिरहेका घाइतेहरु गाेरखा लक्ष्मीबजारकी बर्ष ३० की रमीला राना मगर , सहिद लखन गाउँपालिकाका बर्ष ५९ का लाल बहादुर गुरुङ, गाेनपा १० छेपेटारकी बर्ष ४० कि सावित्री बिक, सहिद लखन वडा न १ खहरेका ६८ बर्षिय नारायण भुजेलकाे जिल्ला अस्पताल गाेरखामा उपचार भइरहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

arrow प्रतिक्रिया दिनुहोस्