जनयुद्दका हस्तिहरुको एकता,अहिलेको आवश्यकता

जनयुद्दका हस्तिहरुको एकता,अहिलेको आवश्यकता

प्रचणड

आदरणीय सम्मानित नेतृत्वहरु,क.प्रचण्ड,क.किरण,क. लालध्वज,क.बिप्लब अनि क.गोपाल किराँती क आहुती,क.कंचन,क कर्णजित बुढाथोकी,क प्रभु शाह,सर्बप्रथम त तपाईहरु सबैमा एक सचेत र क्रान्तिकारी युवाको तर्फबाट क्षितजपारिबाट अभिबादन टक्र्याउन चाहन्छु।

आदरणीय कम्रेडहरु आज एउटा कुरा सारै भन्न मन लाग्यो अनि यो प्रदेशी भुमिमा आफ्नो श्रम र पसिना बिक्री गर्दा गदै निस्किएको थोरै समयको सदुपयोग गरि तपाईहरुलाई यहि सामाजिक संजाल र संचारको माध्यमबाट केही कुरा अनुनय बिनय गर्ने जमर्को गर्दैछु आशा छ मेरो अनुनयलाई कुनै न कुनै माध्यमबाट तपाईहरुले सुन्नुहुनेछ,देख्नुहुनेछ र पढ्नुहुनेछ अनि मनन गर्नुहुनेछ र क्रान्तिकारी एकतालाइ मजबुत बनाउन आफ्नो आफ्नो ठाउबाट भुमिका खेल्नुहुनेछ भन्नेमा बिश्वस्त छु।

आदरणीय नेता ज्यु हरु आजभन्दा करिब साढे तिन दशक पहिले हाम्रो मुलुकमा हुने गरेको अन्याय अत्याचार शोषण दमन,समाजमा मौलाउदै गएको भ्रष्टाचार,बेथिती,सामाजिक आर्थिक राजतैतिक लैङ्गिक जातिय क्षेत्रीय र बर्गिय विभेद अन्त्य गर्न पर्छ भनेर तपाईहरु १९ जना केन्द्रीय नेताहरु मिलेर सुरु गर्नुभएको महान जनयुद्दले देशमा सामन्ती राजतन्त्रको अन्त्य गर्यो,संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्यो,धर्मनिरपेक्षता हासिल गर्यो,जनताको बर्षौदेखीको संबिधानसभाबाट संविधान बनाउने सपना केही हदसम्म पूरा गरेपनी त्यो संविधान पुर्णरुपमा जनपक्षिय हुन सकेन,२०६३ साल मंसिर ५ गते तत्कालिन सात राजनैतिक दलको तर्फबाट गिरिजाप्रसाद कोइराला र बिद्रोही माओबादिको तर्फबाट अध्यक्ष क प्रचण्डको तर्फबाट हस्ताक्षर भएको बृस्तृत शान्तिसंझौता र शान्तिप्रक्रीया अझै पनि पूरा भएको छैन,तपाईहरु छिन्न भिन्न हुदा अहिलेपनी उक्त शान्ती सम्झौता भाड्ने र देशलाई अस्थिरताको भुमरिमा फसाएर आफ्नो कुत्सित मनोकांक्षा पूरा गर्न द्वन्दकालिन मुद्दाहरु ब्युताएर जनयुद्धकालिन नेता कार्यकर्तालाई जेल हाल्ने र माओबादी सिध्याउने षड्यन्त्रको तानाबाना बुनिरहेका कुरा हिजो आज केही तत्वहरु र अदालतिय गतिबिधिबाट प्रष्ट भैरहेको छ।त्यसलाई पूरा हुन नदिन र हाम्रा हजारौ योद्धाहरुको त्याग तपस्या र बलिदानिले स्थापित भएको शान्तीसंझौता र बर्तमान संविधान रक्षा गर्न फेरि यी शक्तिहरु एकै ठाउँ आउनुपर्ने होकि भन्ने आभास मेरो मनले गर्दैछ।
हिजो एउटै उदेश्य लिएर ज्यानलाई हत्केलामा राखेर जनताको अधिकारको निम्ति मर्न र मार्न तयार भएर युद्दमा होमिनुभएका तपाईं क्रान्तिकारिहरु आज को कता हुनुहुन्छ को कता?आखिर एउटै मोर्चामा रहेका नेतृत्वहरु बिच यस्तो मनमुटाब भयो माओबादी आन्दोलन र यसको अस्तित्व किन छिन्न भिन्न भयो भनेर एकपल्ट गम्भीर आत्मसमिक्षा गर्दै पुन हामी सबै एकै ठाउमा आएर प्रतिगमन र षड्यन्त्र परास्त गर्नुपर्ने बाध्यता हामिहरु सामु आइपुगेको होकि?जनताको सत्ता स्थापनाको खातिर लडेका तपाईहरुनै छिन्न भिन्न हुदा प्राप्त उपलब्धी गुम्ने खतरा बढेको होकि भन्न्ने तपाईहरुलाई लाग्दैन?हामिहरु छिन्न्भिन्न भएकै कारण प्रतिक्रीयाबादिहरुले द्वन्दकालिन मुद्दाहरु ब्युताएर हामिबिरुद्ध षड्यन्त्र गरेका हुन कि भन्ने लाग्दैन?लाग्छ भने अझै पनि किन गुमनाम भएर एकले अर्कोलाई आरोप लगाएर हिजोका बाचा र प्रतिबद्दताबाट पछि हटेर ब्यक्तिगत स्वार्थ र नाफाघाटा हेरेर बस्नुहुन्छ?
के हामी मिल्नै नसक्ने अवस्थामा य पुगेकै जो त?माओबादि जनयुद्द,जन आन्दोलन लगायतबाट प्राप्त हाम्रा मुख्य उपलब्धिको रक्षा गर्न पनि हामी सबै एकै ठाउमा आउनुपर्ने अवस्था आइपरेको होकि भन्ने मेरो ठम्याई छ।हिजो कस्ले के गर्यो,कोबाट गल्ती भयो के गल्ती भयो त्यसको गम्भिर आत्मसमिक्षा गर्दै पुन एकपल्ट एकै ठाउमा आउने कोसिस गरौ।हिजो तपाईहरुको एकै बचनमा मर्न तयार भएर हिडेका कार्यकर्ताको स्थिती के छ नियाल्नुभएको छ?दुशमनले तपाईहरुमाथी हानेको गोलि आफ्नो छातिमा थाप्ने योद्दा आज खाडिमा बालुवा चाल्दै गर्नुपर्ने अवस्था किन आयो कस्का कारण आयो? कसैले सोच्नुभएको छ?तपाईहरुबिचको आन्तरिक द्वन्द र टकराब कहिलेसम्म?कहिलेसम्म हिड्ने स्वार्थको बाटो?हिजो लाउ लाउ खाउ खाउ जस्तो उर्जाशिल उमेरमा त जनताको निम्ति लाग्नुभयो भने आज किन सारा ब्यक्तिगत स्वार्थ त्यागेर लाग्न सक्नुहुन्न?किन पद र सत्ता भत्ताको पछि दौडेर जनताको सामु खाएको कसमबाट पछि हट्नुहुन्छ?

हजारौ शहिद घाइते अपाङ्गहरुको त्याग तपस्या र बलिदानी बाट सिर्जित ब्यबस्था अनि जनताको संबिधानमाथि देशिबिदेशी प्रतिकृयाबादी शक्तिहरुले आक्रमण गरिरहदा,प्रतिगमनका नाइके र मतियारहरुले नाङ्गो नाच देखाईरहदा तपाईहरु किन मुग्दर्शक बन्नुहुन्छ किन प्रण गर्न सक्नुहुन्न हामी आफ्ना स्वार्थ त्यागौ एकजुट बनौ अनि हाम्रो उपलब्धिलाई जोगाउ भनेर?हिजो युद्द मोर्चामा छदा एउटै रणनिती बन्न्न सक्थ्यो भने आज किन एकै मोर्चा बन्न सक्दैन किन एउटै रणनिती बन्न सक्दैन?तपाईहरुलाई एकैठाउ हुन नदिने तत्व के छ?

किन आफ्नै स्वार्थ लोभ लालच र मोहमा फसिरहनु भएको छ ? किन सधै आफ्नै आन्तरिक लफडामा फसिरहनुभएको छ ? किन विशाल पार्टी फुटाएर टुक्राटुक्रा पार्नुभयो ? टुक्राटुक्रा पारेर के उपलब्धी हासिल गर्नुभयो ? के लक्ष्य र उद्देश्यहरु पूरा भए ? एकपटक सोच्नुस आन्तरिक कलह, फुट, स्वार्थले त्यत्रो ३५ लाख जनमत पाएको पार्टीको हैसियत अहिले के भयो ? टुट र फुटले जनतामा कस्तो प्रभाव पर्यो,त्यसैको परिणाम आज भोग्दै आएको कुरा स्वीकार्नैपर्छ ।
कतिन्जेल्सम्म जारी रहन्छ तपाईहरुबिचको आन्तरिक कलह ? कहिले सम्म फसिरहने हो नेपाली जनता अनि परिवर्तनका लागि लडेका वीरहरु तपाई हाम्रो स्वार्थको पन्जामा ? कहिले सम्म चुहिरहने हो त्यो छोरो गुमाएको आमाको आखामा आँसु ? कहिले सम्म टिलपिल टिलपिल भैरहने हो ती श्रीमान् गुमाएकी नारीको आखामा आशु ? अनि कहिले पाउने हुन न्याय बाबू गुमाएर सहाराबिहीन भएका छोराछोरीहरुले ? कहिले पूरा हुने हुन सेनाको गोली लागेर घाइते भएका ती अपाङहरुको लक्ष्य ?अनि कहिले हुने हुने हो परिवर्तनका निम्ति बगेका रगतहरुको सम्मान ? जनताले जवाफ मागिरहेका छन्।त्यसैले यी बिगतका कहालीलाग्दा क्षणहरुको समीक्षा गरौं अनि देशलाई बर्बाद हुनबाट जोगाउन बिगतका उपलब्धिहरुको रक्षा गर्नलाई सबै माओवादीहरु एक बनौ।

हिजो गल्ती सबैबाट भएका छन् सबैले आफ्नो ठाउँबाट आत्मालोचना गरौं रिस राग द्वेष, लोभ, मोह, दम्भ, अहंकार र स्वार्थ सबै छाडौं एकले अर्काप्रति हेर्ने नजरहरु परिवर्तन गरौं र एकताबद्ध भई जनतासामु गएर माफी मागौं जनताले एक चड्कन लगाए चड्कन खान तयार बनौं।किनकी रक्षक र भक्षक दुबै जनता हुन्।सबै मिलेर जनतासामु जाने र गल्तिको प्रायश्चित गर्ने हो भने आम नेपाली जनताले हामिलाई माफी दिनेछन र फेरि एकपल्ट यो देशमा क्रान्तिकारिको राज चल्ने छ त्यसैले सबै स्वार्थ त्यागौ र सबै परिबर्तनप्रेमिहरु एकजुट हुने प्रण गरौ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.