Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

गाेरखाकाे बिसाैनीमाेड दुर्घटनामा मृत्यु हुनेकाे संख्या २ पुग्याे

loading views..

गोरखा। आज दिउँसाे सभा १ बजे बसपार्कबाट हरमटारी जाँदै गरेकाे प्र न ३ ०१/००३क नम्बरकाे दूध बाेक्ने ट्रक बिसाैनी माेडमा अनियनिन्त्र हुदाँ भएकाे दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ । घट्नस्थलमा मृत्यु भएका चालक उमेश श्रेष्ठ र बिष्णु खड्काकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ३ जना घाईतेलाई थप उपचारकाे लागि भरतपुर अस्पताल लगिएकाे मध्ये राष्ट्रिय बाणिजय बैङक गजुरीमा कार्यरत कर्माचारी बिष्णु खड्काकाे चितवन मेडिकल कलेजमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय गाेरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए ।रिफर हुनेहरुमा बर्दिया घर भएका मंगल चाैधारी ठेगाना खुल्न नसकेका बुद्वि बहादुर नेपालीलाई भरतपुर अस्पताल रिफर गरि उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ ।जिल्ला अस्पताल गाेरखामा उपचार गरिरहेका घाईतेहरु गाेरखा लक्ष्मीबजारकी बर्ष ३० का रमाला राना मगर , सहिद लखन गाउँपालिकाका बर्ष ५९ का लाल बहादुर गुरुङ, गाेनपा १० छेपेटारकी बर्ष ४० कि सावित्री बिक, सहिद लखन वडा न १ खहरेका ६८ बर्षिय नारायण भुजेलकाे जिल्ला अस्पताल गाेरखामा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएकाे छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्