विबाद नै विबादको चाङ्ग सहित शितलनिबासबाट बाहिरिन विद्या देवी भण्डारी

विबाद नै विबादको चाङ्ग सहित शितलनिबासबाट बाहिरिन विद्या देवी भण्डारी

  • मंगलबार, फाल्गुन ३० २०७९

काठमाण्डु। कार्यकाल पूरा भएसँगै निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी ७ वर्ष भन्दा बढी समय शीतलनिवासमा बिताएर बाहिरिएका छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएर सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै भण्डारीले शीतलनिवास छाडेका हुन् ।

नेपालको दोस्रो र पहिलो महिला राष्ट्रपति बनेका भण्डारीको कार्यकाल त्यत्ति सम्झन लायक भने रहेन् । कुनै सार्वजनिक कार्यक्रम होस या धार्मिक कार्य, भण्डारी निस्कदा विरोधका स्वरहरु घन्कीने गरेका थिए । राष्ट्रको अभिभावकभन्दा पनि पार्टीको रबर स्ट्याम्प भएको आरोप पनि उनिमाथि निरन्तर लागिरह्यो ।

बारम्बार विवादमा पर्दै आएका निवर्तमान राष्ट्रपति भण्डारी दोस्रो कार्यकाल सकिनै लाग्दा झनै ठूलो विवादमा तानिएका थिए ।
संघीय संसद्ले दोस्रोपटक पारित गरेर पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लङ्घन गर्दा अत्यन्तै विवादित र आलोचित भएका थिए ।

अभिभावकीय भूमिकामा प्रस्तुत हुन नसकेका राष्ट्रपति अनेकौं विवादमा फसेका छन् । उनी, विवादमा फस्दा राष्ट्रपति संस्थाको गरिमामा आँच पुग्यो ।

नागरिकता विधेयक अस्वीकार, असंवैधानिक रुपमा गरिएको संसद् विघटन सदर, प्रधानमन्त्री शेरबहादुर देउवाको बोली नबुझिएको भन्दै गरेको व्यंग्य, सदनमा सम्बोधन गर्दा ‘मेरो सरकार’ भनेको, निवासमा हेलिप्याड निर्माण, महँगो गाडी, सवारीमा सर्वसाधारणलाई सास्ती, दशैंको टीकालगायत लगायतले राष्ट्रपतिलाई अत्यन्तै विवादित बनायो ।

राष्ट्रपति भण्डारीले २०७५ सालमा चार दिने कतार भ्रमण गरे । विभिन्न देशहरूले कतारमा लामो समयदेखि नाकाबन्दी लगाएको बेला उक्त देशको भ्रमण गरेपछि राष्ट्रपतिको आलोचना भयो ।

दोस्रो पटक राष्ट्रपति बनेपछि उनको त्यो पहिलो विदेश भ्रमण थियो । केही कूटनीतिज्ञहरूले उनको भ्रमणलाई ‘अपरिपक्व’ भनेका थिए । राष्ट्रपति जस्तो सम्मानित ओहदाका व्यक्तिले अनावश्यक भ्रमण गरेको भन्दै चौतर्फी आलोचना र विरोध भयो ।

९. चिकित्सा शिक्षा अध्यादेश
अघिल्लो कार्यकालमा बिना कारण राष्ट्रपतिले ‘चिकित्सा शिक्षा अध्यादेश’ लामो समय रोके । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद्बाट पारित गरी प्रमाणीकरणका लागि २०७४ कार्तिक ६ गते पठाएको अध्यादेश रोकिएपछि राष्ट्रपतिको आलोचना भयो ।

एमालेको पक्षमा उभिएर राष्ट्रपतिले अत्यावश्यक अध्यादेश रोकेको आरोप लाग्यो । प्रधानमन्त्री देउवाले सार्वजनिक कार्यक्रमबाटै पटक–पटक आपत्ति जनाए । चौतर्फी आलोचना पछि बल्ल कात्तिक २४ गते अध्यादेश जारी भयो ।

१०. सपथ नै विवादित
राष्ट्रपतिले दोस्रो कार्यकालका लागि अवकाश पाइसकेका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट सपथ लिए । त्यो सपथ विवादित बन्यो ।

अवैधानिक प्रधानन्यायाधीसँग सपथ लिएको दाबी गर्दै अधिवक्ता नारायण खरेलले सर्वोच्च अदालतम रिट दायर गरेका थिए ।

उमेर हदका कारण २०७४ साउनमै अवकाश पाएको ठहर भएका प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपति पदमा निर्वाचित भएका भण्डारीलाई फागुन सपथ खुवाएका थिए ।

११. सेनालाई जुत्ता बोकाएर महारानी बन्ने प्रसाय
पहिलो कार्यकालकै बेला २०७३ कात्तिक ६ गते राष्ट्रपति धार्मिक दर्शनका लागि सप्तरीस्थित छिन्नमस्ता भगवती मन्दिर पुगे ।

उक्त धार्मिक भ्रमणमा राष्ट्रपतिले आफू र दुई छोरी उषाकिरण र निशाकुसुमको जुत्ता सेनालाई बोकाए । सेनालाई जुत्ता बोकाएको तस्बिर सार्वजनिक भएपछि महारानी बन्न खोजेको भन्दै अर्को आलोचना भयो ।दृष्टि न्युजबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.