अपाङगा परिचयपत्र बर्गिकरण सम्बन्धी अजिरकाेटमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

अपाङगा परिचयपत्र बर्गिकरण सम्बन्धी अजिरकाेटमा १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाेरखा। अपाङगता परिचयपत्र बर्गिकरण सम्बन्धी अजिरकाेट गाउँपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ ।मंगलबार अजिरकाेट गाउँपालिकाकाे कार्यालयमा सामाजिक बिकास कार्यालय गाेरखाकाे आयाेजना र अजिरकाेट गाउँपालिकाकाे कार्यलयकाे संयाेजनमा गाउँपालिका भरिका अपाङगता र बैरा ब्यक्तिहरुकाे बारेमा बृहत् अन्तरक्रिया र छलफल भएकाे सामाजिक बिकास अधिकृत दिपेन्द्र परियारले जानकारी दिए ।

जिल्लामा रहेका विभिन्न बैरा र अपाङहरुकाे प्रतिनिधीले बैरा र अपाङगा पनि यहि समाजकाे नागरिक भएकाले हेर्ने दृष्ट्रिकाेणमा फरक नपार्न आग्रह गरेका थिए । बैरा र अपाङलाईलाई विशेष गरेर शिक्षामा जाेड दिनु पर्ने र बैराहरुलाई साङकेतिक भाषामा शिक्षा दिनु पर्ने समस्या सुनाएका थिए । लाटाे हुनु कुनै पाप नभएकाे जिकिर गर्दै लाटाे भनी कसैलाई पनि नभनदिन दाेभासे तथा मनकामना बहिरा माबिका अध्यक्ष खडानन्द रेग्मी मार्फत आफ्ना धारण र भाेगाई राखेका थिए ।

अब हुने सार्बजनिक भबनहरु बनाउँदा अपाङगा मैत्री बनाउन सबै जिम्मेबार तह र तप्कालाई आग्रह गरेकाे नेत्रहिन संघ गाेरखाका अध्यक्ष पबन बस्नेतले जानकारी दिए ।

अजिरकाेट गाउँपालिकाका अपाङहरुले अपाङ बर्गिकरण गर्दा क र ख लाई मात्र सेबा सुबिधा पाउने गरेकाे र ग र घ ले कुनै सेबा सुबिधा नपाएकाे गुनासाे गर्दै ग र घ लाई सेबा दिन अपाङगाका प्रतिनिधि तथा गाउपालिका अध्यक्षलाई माग राखेकाे ग बर्गमा परेकाे अपाङगा जगजित कापडले बताए । अजिरकाेटमा दुईसय भन्दा बढी अपाङहरुकाे भएकाे गाउँपालिकाले जनाएकाे छ । केही अपाङलाई सहज हाेस भनी सामाजिक बिकास कार्यालय गाेरखाले अजिरकाेट गाउँपालिकालई ३ थान ह्वील चियर र २ थान ट्रवाईलेट चियर हस्तान्त्रण गरिएकाे सामाजिक बिकास अधिकृत परियारले बताए ।गाउँपालिकाका अध्यक्ष दिपक देबकाेटाकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख माेहन बहादुर थापा मगरले कार्यक्रममा बाेल्दै समाजमा अपाङ भएका ब्यक्ति लुकेर बसिरहेका छन् । तिनिहरुलाई जनप्रतिनिधीहरुले स्थननिय रुपमा पाउने पर्ने सेबा सुबिधा उपलब्ध गराउन ध्याआकर्षण गरेका थिए । गाउपालिका अध्यक्ष दिपक देबकाेटाले कुनै पनि नागरिक विभेद र अपमानमा नपराेस् भन्ने उद्येश्यका साथ देशमा ठुलाे र रगत र पसिना बगेकाे स्मरण गराउदै अपाङलाई आफै बाँच्न सक्ने नीति बनाउन लागि परेकाे बिश्बास ब्यक्त गरे । जनताकाे मन छुने गरि सेबा प्रवाह गर्न सकेनाै भने पदमा बस्नु कुनै अर्थ नहुने भन्दै हात र खुटा भन्दा उ संग त्याग र समपर्ण कति छ भन्ने कुरा मुख्य भएकाे जिकिर गरे । उनिहरुकाे बिषयमा गाउँपालिकाले कसरी ब्याबशायीक बनाउने सकिन्छ भनेर छलफल समेत चलिरहेकाे बताए ।

साेहि कार्यक्रममा समन्वय समितिका प्रमुख माेहन बहादुर थापा , अजिरकाेट गाउँपालिकाका अध्यक्ष दिपक देबकाेटा , गाउपालिकाका उपप्रमुख अनिता भुजेल , वडाका अध्यक्षहरु , सामाजिक बिकास अधिकृत दिपेन्द्र परियार,रामकुशल पन्त, पबन बस्नेत , खडानन्द रेग्मी र कमला लामिछने लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.