Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

बारपाक सुलिकोट गाउँपालिकाका किसानहरुलाई जैविक मल बनाउने तालिम सम्पन्न

loading views..

गोरखा। गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जैविक मल बनाउने दुई दिने कार्यक्रम आज सम्पन्न भएको छ । वडा नम्वर –६ स्थित डाँडाथोकमा जैविक मल बनाउने तालिम सम्पन्न भएको गाउँपालिकाका कृषि शाखा प्रमुख रोजिना मग्रातीले जानकारी दिइन् । पाटेश्वर सहकारी संस्थामा आबद्धध ४० जनालाई तालिम  प्रङगारिक तथा जैविक विषादी रहित मल बनाउने सम्बन्धमा दिइएको उनकाे भनाई छ । रासायनिक मललाई नियन्त्रण गरौ जैबिक र प्रङ्गारीक मलको प्रयोग गरौ स्वास्थ्य बनौ भन्ने नारा सहित कार्यक्रमको आयोजना गरेको उनले बताइन् । ‘ अहिले सबै किसानले टनेल बनाएर खेती गर्दै आएका छन् । उनले भनिन् उहाँहरुले खेती गरेको हरेक खाद्यय उत्पादनमा मा रासायनीक मलको प्रयोग बढ्दै गएपछि पालिकाले यस्तो तालिमको आयोजना गरेको होे ’ । चालु आ.व २०७८–७९ मा पालिकाले वडा नम्बर ५,३,६ मा सो कार्यक्रम गर्ने लक्ष्य राखेकोमा यस अघि नै वडा नम्बर ३ र ५ मा सम्पन्न गरेको मग्रातीले जानकारी दिइन । पालिकाले जैविक तथा प्रङ्गारिक मल बनाउने कार्यक्रमका लागि ८० हजार बजेटको विनियोजन गरेको छ । तालिममा आबद्धध प्रशिक्षार्थीहरुलाई सैदान्तिक र प्रक्टिकल अभ्यास गराईएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्