पोखरा। थमन महेश स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विभु भुषाल पुरस्कृत हुने भएका छन् । प्रेस सेन्टर नेपाल कास्कीले शनिवार आफ्नो साधारणसभा तथा अन्र्तक्रिया कार्यक्रमका बीच पत्रकार भुषाललाई नगद २५ हजार १ सहित सम्मानपत्रले सम्मान गर्न लागेको हो ।
लामो समयदेखि जनपक्षीय पत्रकारितामा क्रियाशिल पत्रकार भुषाल हाल कटुवाल न्यूज अनलाइनमा आवद्ध छन् । उनी प्रेस सेन्टरका केन्द्रीय सदस्य साथै नीति तथा परामर्श समिति सदस्य पनि हुन् । यस अघि उक्त पुरस्कारबाट पत्रकार कोमलनाथ बराल, महेश्वर दाहाल, गोमा घिमिरे र स्वः त्रिभुवन पौडेल परस्कृत भइसकेका छन् । सो कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडीले जानकारी दिए ।
सेन्टरले संस्थागत सुदृढीकरण तथा कास्कीको पत्रकारितामा योगदान पुऱ्याएकोमा अग्रज पत्रकार कोमलनाथ बराल, कुसुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश लामिछाने, पद्म रेग्मी र गोमा घिमिरेलाई पनि सम्मान गर्ने भएको छ ।
पोखरा १७ दोविल्लामा हुने सभाका बीच नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले उनीहरुलाई सम्मान गर्दै छन् ।