Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

प्रधानमन्त्रीलाई विश्वासको मत दिने सहमतिसँगै सत्ता गठबन्धनको बैठक सम्पन्न

loading views..

पोखरा। सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सम्पन्न भएको हो ।

बैठकमा भोलि बस्ने प्रतिनिधिसभा बैठकमा सरकारले पेश गर्न लागेको संक्रमण कालीन न्यायसँग सम्बन्धित सत्य निरुपण तथा मेलमिलाप सम्बन्धि विधेयक पेश गर्नेबारे छलफल भएको छ ।

यस्तै, सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिन लागेको विश्वासको मतमा पनि एकमत हुने सहमति बनेको छ ।बैठकमा प्रधानमन्त्री प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा नेता शरत सिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायत रहेका छन् ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्