गोरखा । प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ बाबाको दर्शन गर्न नबनियुक्त राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आउने भएका छन्। आइतबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल गोरखा जान लागेका हुन। मन्दिरमा पूजा अर्चना र दर्शनका लागि उनी गोरखा जान लागेको कुरा राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय भएको छ । राष्ट्रपति गोरखा जाने भएपछि सुरक्षा व्यवस्थाका लागि सेनाको एक टोली शुक्रवार नै गोरखा पुगिसकेको छ।