Skip to content
Pokharapress Logo
१५ श्रावण २०८३, शुक्रबार

पूर्णबहादुरको नेतृत्वमा काङ्ग्रेस सरकारमा सहभागी हुने, अर्थमन्त्रीमा डा. महत

loading views..
Nepal Telcome

काठमाण्डु। नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको बेला कांग्रेसले आज पदाधिकारी बैठक डाकेर सरकारमा सहभागी हुनेबारे छलफल गरेको थियो ।
सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित् डेरामा बसेको पदाधिकारी बैठकले उपसभापति खड्काको नेतृत्वमा सरकारमा सहभागी हुनेगरि तयारी थालेको छ। सभापति देउवाले अर्थमन्त्रालयको नेतृत्व भने डा. प्रकाशशरण महतलाई सुम्पिन खोजेका छन् । अर्थमन्त्रालयमा खड्काको पनि दाबी थियो ।
तर, सभापति देउवाले उक्त मन्त्रालयमा महतलाई पठाउने वचन दिइसकेका छन् । खड्का भने उपप्रधान एवम् रक्षामन्त्री बन्ने सम्भावना छ । यसअघि खड्काले आफू सरकारमा सहभागी नहुने अडान लिएका थिए । तर, सभापति देउवाले धेरै नै जोड गरेपछि उनी त्यसको लागि तयार भएका हुन् ।
कांग्रेसले ८ मन्त्रालय पाउने भद्र सहमति भएको छ । कांग्रेसमा मन्त्री बन्न धेरै आकांक्षी छन् । उपसभापति धनराज गुरुङदेखि लिएर किशोरसिंह राठौरसम्मको नाम चर्चामा छ । प्रधानमन्त्री दाहालले सोमबारसम्म सरकारलाई पूर्णता दिइसक्ने तयारी गरेका छन् । माओवादी केन्द्रको पदाधिकारी बैठकमा पनि यसबारेमा छलफल भएको थियो ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link