Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

लुम्बिनीमा माओवादी मन्त्रीहरूले दिए राजीनामा

loading views..

दाङ । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रबाट नियुक्त मन्त्रीहरुले राजीनामा दिएका छन्। मुख्यमन्त्री गिरी नेतृत्वको सरकारमा रहेका मन्त्रीहरूले राजीनामा दिएको माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताए ।

नेकपा एमालेका नेता लीला गिरी नेतृत्वको सरकारबाट माओवादी मन्त्रीहरु बाहिरिएका हुन् ।

माओवादी मन्त्रीहरुको राजीनामापछि कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदले हस्ताक्षर गरेका छन्।

चौधरीले आइतवारै दिउँसो १ बजे सरकारको दाबी गर्दै प्रदेश प्रमुखको कार्यालयमा जाने कांग्रेस नेताहरूले बताएका छन् ।

कांग्रेस दलका नेता चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ सांसदको हस्ताक्षर तयार रहेको कांग्रेस प्रदेश सभापति अमर पुनले जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्