Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

पुर्ण बहादुर खड्काो सपना पुर्ण हुँदै,कांग्रेसबाट सरकारको नेतृत्व खड्काले गर्ने

loading views..

काठमाण्डु। सत्ता गठबन्धन आबद्ध दलबीच मन्त्रालय भागबन्डामा सहमति लगभग जुटेको छ । गठबन्धन आबद्ध दलले सरकार विस्तार गर्न मन्त्रालय भागबन्डाको खाकासमेत बनाइसकेका छन् ।

शनिबार र आइतबार बसेको सत्ता गठबन्धन आबद्ध दलको अनौपचारिक बैठकमा मन्त्रालय भागबन्डाको खाका तयार गरिएको हो । तर, संख्यामा सहमति जुटे पनि कुन मन्त्रालय कसले लिने भन्नेमा असहमति कायमै छ । स्रोतका अनुसार अनौपचारिक सहमतिलाई नेताहरूले मन्त्रालयको नामसमेत टुंग्याएर औपचारिकता दिने तयारी गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनभित्र सहमति जुटाएर बुधबारसम्म मन्त्रिपरिषद्लाई पर्णता दिन चाहेका छन् ।

गठबन्धन आबद्ध मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताबीचमा भएको अनौपचारिक छलफल अनुसार मन्त्रायल भागबन्डाको खाका तयार बनिसकेको छ ।

जसअनुसार कांग्रेस ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने सम्भावना छ । कांग्रेसबाट सरकारमा उपप्रधानमन्त्रीसहित उपसभापति पुर्णबहादुर खड्काले नेतृत्व गर्ने लगभग निश्चित छ ।

कांग्रेस उपसभापति खड्काले कुन दलले कुन मन्त्रालय लिने भन्ने टुंगिन बाकी रहेको बताए । उनले आइतबार संसद् भवन नया बानेश्वरमा सञ्चारकर्मीसगको संवादमा कुन दलले कुनकुन मन्त्रालय पाउने भन्ने तय हुन बाकी रहेको बताएका हुन् ।

‘कुन दलले कुन मन्त्रालय पाउने भन्ने तय हुन बाकी छ, तीन दिनभित्रै मन्त्रिपरिषद् विस्तार गर्ने गरी छलफल अघि बढेको छ,’ कांग्रेस उपसभापति खड्काले भने ।

यसैगरी, नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाच मन्त्रालय यथावत् राख्ने सहमति भएको छ । माओवादी केन्द्रका केही मन्त्रीको जिम्मेवारी भने हेरफेर गर्ने प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष प्रचण्डको तयारी छ ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी तीन मन्त्रालय लिएर सरकारमा जाने अवस्था बनेको छ । रास्वपा गृह मन्त्रालयको अडान छाडेर सरकारमा जान सहमत बनेको हो ।

रास्वपाले हाल १० पुसको सहमति कार्यान्वयन भए मात्रै सरकारमा जाने अडान लिइरहेको छ । यसैगरी, जनता समाजवादीले तीन मन्त्रालय दाबी गर्दै आए पनि दुई मन्त्रालय दिने गरी खाका बनेको छ भने नेकपा एकीकृत समाजवादीले पनि तीन मन्त्रालय दाबी गरे पनि दुई मन्त्रालय दिने गरी खाका तयार गरिएको स्रोत बताउछ ।

यसैगरी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलाई पनि एक÷एक मन्त्रालयसहित सरकारमा सहभागी गराउने गरी तयारी भएको छ ।

यसैगरी, प्रभु साह नेतृत्वको आमजनता पार्टी पनि सरकारमा जानेछ । यस्तै, बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टी पनि सरकारमा जानेगरी खाका बनाइएको छ । स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सरकारमा भित्रने इच्छा राख्दै आइरहेका छन् । तर, सत्ता गठबन्धनमै रहेको दल राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी हुनेछैन । गोरखापत्र दैनिकबाट

loading views..

arrow प्रतिक्रिया दिनुहोस्