गाेरखा। गोरखा अस्पतालकाे कागजात अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ । आईतबार गाेरखा अस्पतालमा अख्तियर कार्यालय पोखराले आइतबार छापा मारेर जफत गरेकाे छ ।
अख्तियारमा अस्पतालको विषयमा उजुरी परेपछि छानविनका लागि टोली आएको आयोगको क्षेत्रिय कार्यालय पोखराका सूचना अधिकारी जीवन चन्द्र राइले बताए ।
अख्तियारले केही कागजात अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । अस्पतालले खरिद गरेको औषधी, मिति नाघेका औषधी र उपचार सेवाको विषयमा अख्तियारले चासो राखेको थियो ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.