२०३८ सालदेखिको घटना बिवरण अनलाइनमा राख्दै गोरखा नगरपालिका

२०३८ सालदेखिको घटना बिवरण अनलाइनमा राख्दै गोरखा नगरपालिका

  • बिहिबार, पौस २३ २०७७

गोरखा। गोरखा नगरपालिकाले अनलाईन मार्फत घटना दर्ता सुरु गरेको छ । २०३८ साल मंसिर १ गते यता वडा–वडामा दर्ता रहेका सबै घटना बिवरण अनलाईनमा राख्न सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले बताए ।

पञ्जिकरण बिभागले निर्माण गरेको सफ्ट्वयरमा तथ्याङ्क प्रविष्ट गर्ने काम बुधवार देखि सुरु भएको छ । नगरप्रमुख राजनराज पन्तले गोरखा नगरपालिका १० का पुनिस कुमालको बिवरण अनलाईमा इन्ट्री गरेर उक्त काम सुभारम्भ गरेका हुन् ।
नगरपालिका भित्रका नागरिकको जन्म, मृत्यू, बिवाह, बसाइँसराई, सम्बन्ध बिच्छेदका घटना अनलाइनमा दर्ता हुनेछन् । ‘यस अघि ढड्डामा भएका सबै तथ्याङ्क अनलाइनमा राख्नेछौं’ गोरखा नगरपालिका सामाजिक बिकास शाखा प्रमुख विजय भक्त उपाध्यायले बताए । तीन महिना भित्र ५७ हजार दुई सय एक घटना दर्ता गर्न पञ्जिकरण बिभागले पहिलो चरणमा नगरपालिकालाई बजेट निकासा गरेको छ ।

नगरपालिकाले एकिकरण नेपाल मार्फत उक्त तथ्याङ्क इन्ट्रिको काम गर्ने गरी सम्झौता गरेको छ । ‘यी तथ्याङ्क संकलन भएपछि दोस्रो चरणमा वडा वडामा शिविर संचालन गरेर  ‘छुटेका तथ्याङ्क त्यहाँ इन्ट्रि गरिनेछ ।’
तथ्याङ्क संकलन सकेपछि वडाबाट सोझै घटना अनलाइनमा दर्ता गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ । उक्त कामका लागि वडा\वडाको छुट्टै युजर आईडी र पासवर्ड आइसकेको सामाजिक बिकास शाखाले जनाएको छ ।

अनलाईन प्रणालीमा बिवरण राखेपछि हराउने, च्यातिने डर नहुने नगरप्रमुख पन्तले बताए । ‘खोजेको बेला नागरिकले पाउँछन्, एउटा बिवरण हेर्नु पऱ्यो भने नगरपालिका आएर खोजिरहनुपर्ने अवस्था हुँदैन’ उनले भने ‘बिवरण दोहोरिँदैन, फरक फरक बिवरण लिने डर पनि हुँदैन ।’ घटना दर्तामा खटिएका कर्मचारीलाई जिम्मेवारी पूर्वक काम गर्न नगरप्रमुख पन्तले आग्रह गरे ।दरौदीबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.