Skip to content
Pokharapress Logo
३१ श्रावण २०८२, शनिबार

नेकपा बिप्लब गाेरखाद्वारा उमा भुजेल(सिलु) र ज्ञानमाया बिक(रिता)लाई सम्मान

गोरखा। नेकपा गाेरखाले २२ ओै जेलब्रेक दिबस मनाएकाे छ । आज भन्दा ठिक २२ बर्ष अगाडि बि स २०५७ साल चैत १७ गते अर्थात आजैकाे दिन महान् छ जना साहसीक नारीहरुले बर्ग दुश्मानका बिरुद्व आबाज उठाउदा गाेरखा कारगारमा जेल जीवन बिताउनु परेकाे थियाे ।

२०५२ साल फागुन १ गते नेकपा माओबादीले शसस्त्र जनयुद्वकाे शंखाघाेष गर्दै नेपालका सबै गरिब निमुख र उत्पिडनमा पारिएका बर्गलाई संगठित गर्दै राज्यबाट हेपिएका र चेपिएकाे बर्गले न्याय पाउनु पर्ने माग सहित जनयुद्वमा हाेमिएका थियाे । त्यसै क्रममा उमा भुजेल , कमला नहर्की सहित छ जना राजनितिक आस्थाका आधारमा गिरफ्तारीमा परेका थिए ।

नेपाल कम्युनिष्ठ पार्टी गाेरखाले २२ ओै जेलब्रेक दिबसकाे अबसर पारेर गाेरखाकाे जिल्ला समन्वय समितिकाे हलमा शुक्रबार बिप्लब नेपाल कम्युनिष्ठ पार्टी गाेरखाले महान् जनयुद्वकाे समयमा गाेरखा रहि जनयुद्वमा लागेका कर्मठ यौद्वाहरु जसले जनयुद्वकाे दाैरानमा जेल जीवन ब्यतित गरेका ६ जना महिला बन्दीहरुले गाेरखा जेलब्रेक ताेडेर साहसिक काम गरेर विश्व रेकर्ड ताेडे बापत ईतिहासकाे ठुलाे उपलब्धी भएकाे भन्दै नेपाल कम्युनिष्ठ पार्टी गाेरखाले खादा र प्रमाण पत्र सहित सम्मान गरेकाे नेकपा गाेरखाका ईन्चार्ज कपिल भट्टले जानकारी दिए ।

तत्कालिन समयमा महिला बन्दीहरु उमा भुजेल , कमला नहर्की , मिना मरहठा , रिता थापा , सञ्जु अर्याल, एञ्जिला बिक ले जेल ब्रेक गरेका थिए ।

छ जना मध्ये दुई जना मिना मरहठा र एञ्जिला बि क सहिद र अरु ४ जनालाई विभिन्न कार्यब्यस्तता बीच सम्मान कार्यक्रममा उपस्थित गर्न नसिकिएकाे नेकपा बिप्लबका जिल्ला ईन्चार्ज कपिल भट्टले जानकारी दिए ।

त्यही कार्यक्रममा तत्कालिन समयका जेल ब्रेक गर्ने मध्येका कमाण्डर उमा भुजेलले त्याे बेलामा जेल ब्रेक गर्न सफल हुनुमा हामी छ जनाकाे अथाह मिहेनत बुद्विमतका कारण पनि जेलकाे जन्जिर ताेड्न सफल भएकाे बताईन् । मान्छेले चाह्याे भने असम्भब केही नहुने भन्दै नेतृ भुजेलले मान्छेले गर्न पर्छ भन्ने चाहाने हाे भने र ईच्छा शक्ति भयाे भने जुन सुकै काम पनि गर्न सकिने उनले बताएकी हुन् । जेल ब्रेक सफल हुनुमा छ जना कमरेडहरुले आ आफ्नाे जिम्मेवारी सफलता पुर्बक निर्बाह गर्नु र कि सफल भईन्छ कि मृत्युबरण गरिन्छ भन्ने एउटै बुझाईले सफलतामा पुगेकाे हाे । उनले थपिन् जनताकाे अबस्था बदल्न सकिन्छ कि भनेर त्यति ठुलाे निर्णय गरेकाे र खासमा अझै पनि अबस्था उस्तै रहेकाले एकीकृत जनक्रान्तिमा हाेमिएकाे उनले बताईन् । देशमा रहेकाे सबै खाले विभेद अन्त्य गर्न जनयुद्व लडेकाे उनले जिकिर गरिन् ।

साेहि कार्यक्रममा कपिल भट्टकाे अध्यक्षतमा भएकाे कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिष्ठ पार्टीकाे स्थायी कमिटी सदस्य अनिल बिरहि , रिता थापा , लगाएतले महिलाहरुले देखाएकाे साहसले शिक्षा दिएकाे भन्दै मन्त्वयमा जेल ब्रेक र जनयुद्वकाे बारेमा चर्चा गरेका थिए ।

arrow प्रतिक्रिया दिनुहोस्