Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

बिष्णुको रचना,मिलनको स्वर, टिकाको संगीतमा रहेको ‘हेरेको तिमीलाई’ सार्वजनिक ( भिडियो )

loading views..

प‍ोखरा। बरिष्ट गीतकार बिष्णुबाबू देवकोटादको शब्द संयोजनमा हाल अस्ट्रेलियाको तास्मानिया बसोबास गर्दै आइरहेका लोकप्रिय संगीतकार टिका दहालको संगीतमा रहेको ‘हेरेको तिमीलाई’ बोलको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

रोमाण्टिक भर्सनको यस गीतमा लोकप्रिय गायिका मिलन नेवारको सुमधुर स्वर सुन्न सकिन्छ। युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ भने राहुल प्रधानको संगीत संयोजन रहेको छ। भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दहालको युट्युव च्यानल ‘टिका दहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो। गीत तथा म्युजिक भिडियोलाई हेरेर सुनेर प्रतिक्रिया दिन निर्माण टिमले सबैलाई आग्रह गरेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्