Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

नुवाकोटमा टाटा सुमो दुर्घटना हुँदा तीन जनाको निधन, १० जना घाइते

loading views..
Nepal Telcome

काठमाण्डु। टाटा सुमो दुर्घटना हुँदा तीन जनाको निधन, १० जना घाइते । नुवाकोटको दुप्चेश्वर गाउँपालिका ४ बेतिनीमा आज टाटासुमो दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । घटनामा १० जना घाइते भएका छन् ।

बेतिनीबाट यात्रु लिएर काठमाण्डु जान लागेको सुमो आज अपराह्न सोहीस्थानको सानोगोल्फूको धारापानीको ओरालोमा अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

घटनामा स्थानीय २५ वर्षीय छिरिङ तामाङ र १६ वर्षीया मनमाया तामाङको घटनास्थलमा नै निधन भएको थियो ।

यस्तै, वडा ७ की ४५ वर्षीया सानुकान्छी तामाङको उपचारको क्रममा काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

ना १ ज ३९८४ नं को सुमो बेतिनीबाट काठमाण्डु जाने क्रममा धारपानीको ओरालोमा अनियन्त्रित भएर करिब ३०० मिटर तल खस्दा चार जनाको अवस्था गम्भीर रहेको हुँदा अन्य घाइतेलाई थप उपचारको लागि काठमाण्डु पठाइएको जानकारी दिए ।

 

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link