पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले संसद तीन महिनाभित्र पुनर्स्थापित हुने बताएका छन् ।हिजो पोखरामा आयोजित कास्कीका जनवर्गीय संगठनको कार्यकर्ता भेलामा बोल्दै उनले संसद ब्यूँतिन पहिलेको जस्तो लामो समय नलाग्ने दाबी गरेका हुन् ।
‘२०१७ सालको संसद विघटनलाई फर्काउन ३० वर्ष लाग्यो । २०६०–६१ सालको संसद फर्काउन तीन वर्ष लाग्यो । अहिले जुन संसद विघटन भएको छ, त्यसलाई फर्काउन ३० वर्ष, तीन वर्ष होइन, बढीमा तीन महिना लाग्छ,’ उनले भने । आफूले बिना आधार नबोलेको नेता भट्टराईले बताए ।



