‘संघीयता र प्रदेश दुईवटा कारणले चाहिन्छ, एउटा पहिचानका कारण र अर्को देश ठूलो भएमा चाहिन्छ,’ शाहीले भने, ‘तर, देशमा संघीयता कार्यकर्ता भर्ती गर्ने, काहीँ नअटेका कार्यकर्तालाई सांसद बनाउने प्रवृत्ति भयो । यसरी देश र विदेशको ऋण ल्याएर प्रदेश पाल्न सकिँदैन ।’
तर, शाहीको उक्त अभिव्यक्ति संसद्को आकस्मिक समयसँग मेल नखाएको भन्दै माओवादीका प्रमुख सचेतक पाण्डेले नियमापत्ति जनाएका हुन् ।