काठमाण्डु। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनले सभामुखविरुद्ध महाअभियोग ल्याउन बेर नलगाउने टिप्पणी गरेका छन् ।
बिहीबार पार्टी निकट पेशागत महासंघको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले सभामुखविरुद्ध यही प्रस्ताव ल्याउन सक्ने आशंका गरेका हुन् ।
राष्ट्रपतिज्यूलाई महाअभियोग लगाउन खोजेका थिए, कुन दिन सभामुखविरुद्ध पनि ल्याउन बेर लगाउँदैनन्, लाजशरम भन्ने छैन, के गर्न हुन्छ के गर्न हुन्न भन्ने कुनै सीमा छैन’ अध्यक्ष ओलीले भने ।
प्रतिनिधिसभामा २५ प्रतिशत सांसदले सभामुखले पद अनुसार आचरण नगरेको भनी भनी प्रस्ताव पेश गर्न सकिने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.