Skip to content
Pokharapress Logo
२ पुष २०८२, बुधबार

रुबीभ्यालीमा खड्ग प्रसाद ओली जनतासँग भेटघाटमा पुग्दा……

loading views..

रुबी हिराजस्तै मूल्यका हिसावले केही केही कम भएका खनिज, स्फटिक पाइने ठाउँ आएपछि आफूलाई रमणिय क्षेत्रबारे विकास गर्नुपर्छ भन्ने लागेको जनताहरुका सामु नेकपा एमाले अध्यक्ष ओलीले बताउनुभयो ।
मिसन ग्रासरुट अभियान अन्तरगत नेकपा एमाले रुबीभ्यालीको सेर्तुङमा  आयोजना गरेको सभा तथा साँस्कृतिक कार्यक्रममा बोल्दै धादिङबेसी तिप्लिङ सडक दुई लेनको सडक कालोपत्रे गर्ने, यहाँको विकासमा आफूले प्रतिपक्षमा बसेको बेला पनि काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।
नामले रुबी भ्याली भएको यहाँ स्फटिक अरु प्रकारका खनिज तत्वहरु पाइन्छ । रुबी, सुन, हिराजस्ता किमत्ती पथ्थर पाइन्छ । यस्ता किमती खनिजहरुलाई विकासको आधार बनाउन सकिने योजना एमालेको पहलमा अघि बढ्ने बताउँदा गाउँगाउँबाट एमाले अध्यक्ष ओलीको विचार सुन्न जम्मा भएका जनताहरुले ताली बजाएर स्वागत गरेका थिए ।
ओलीले आफु जहाँ पुग्दा पनि ढुंगा ल्याएर राख्ने गरेको अनुभव सुनाउँदै रुबीभयालीको बहुमूल्य रुबी आफूले यसअघि नै राखेको बताउनुभयो ।
एमाले रुबीभयालीअध्यक्ष प्रेम तामाङ र युवा नेता प्रज्वल तामाङले रुबी ओलीलाई दिनुभएको थियो। ओलीको संग्राहलयमा राखिने बताउनुभएको रुबी देखेपछि रुबीभ्यालीको विकासबारे केही जानकारी होस् भनेर स्थानीयलेरुबी उपलब्ध गराएका हुन् ।
रुबीभ्यालीमा सिसा, रुबी, सुन लगायतका महत्वपूर्ण किमती खनिजहरु पाइन्छ । पर्यटकीय सम्भावना भएकोरुबीभ्याली प्रकृतिको अनुपम नमुनाकोरुपमा रहेको छ । नेत्रावती नदी प्यलादोर र गणेशहिमालबाट  सुरु भएर बगेको छ । लेकाली हिमाली बस्तीका अधिकांस तामाङ समूदायको झाँक्री नाच, लामा नाच, मेन्दोमायाँ नाच, नेपाल तिब्बत युद्ध झल्काउने घोडचढी नाच, र मेन्दोमायाँ नाच तथा संगित हेरेर स्थानीय कलाकार र जनसमुदायसँग ओलीसँगै नाच्नु भएको थियो । जनताका सामु उहाँ फोटो खिचाउँदै उजनताहरुसँग भलाकुशारी समेत गर्नु भएको थियो।
स्थानीय संस्कृति र मेन्दोमायाँ प्रस्तुत गरेपछि कलाकार र स्थानीयले केपि ओलीलाई आफ्नो परम्परा अनुसार स्वागत गर्दै स्थानीय उत्पादन बख्खु उपहार प्रदान गरेका थिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्