Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

देश बदल्न अब एजेण्डा बदल्नुपर्छ: उपाध्यक्ष पाण्डे

loading views..

गोरखा। नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नु पर्ने बेला आएको बताएका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको आयोजनामा गोरखा सदरमुकाममा आयोजित ४४ औं शिक्षक दिवस कार्यक्रमको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले साच्चै राजनीतिक दलहरुले देश बदल्ने हो भने सवैले आ–आफ्नो एजेण्डा बदल्नु पर्ने बेला आएकाे बताए ।
अहिले चर्चामा भएजस्तो नेपालको अथतन्त्र खराब अबस्थामा पुगी नसकेको उपाध्यक्ष पाण्डेको भनाई छ । ‘अर्थतन्त्रको अबस्था खराब म देख्दिन उनले भने अर्थतन्त्र बिग्रियो भन्ने भन्दापनि मान्छेको आबश्यकता र चाहाना बढेको हो ।’ उपाध्यक्ष पाण्डेले शिक्षा क्षेत्रमा लगानी बढाउन सकेमात्र देशको बिकास र सम्बृद्धि छिटो हुने बताए ।
उनले देशमा गणतन्त्र आइसकेपछि परिस्थिती बदलिएको भन्दै दलहरुले पनि अब पुराना एजेण्डा बोकेर हिडेर देशलाई नयाँ ठाउँमा पुऱ्याउन नसक्ने उल्लेख गरे । उपाध्यक्ष पाण्डेले नेपालको राजनीतिक परिवर्तनको आधारशिला शिक्षक भएको भन्दै अब शिक्षकहरुले देशको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्नुपर्नेमा जोड दिए ।
‘जसले ज्ञानमा लागनी गर्न सक्यो त्यहीँ अगाडी आउने रहिछ, उनले भने ‘शिक्षामा लागनी बढाउने र गुणस्तर बढाउने तर्फ शिक्षक संगठनका नेताहरु लाग्नुपर्छ ।’ उपाध्यक्ष पाण्डेले आफू अर्थमन्त्री रहदा बिधालयमा बालिकाहरुका लागि अनिबार्य सेनेटरी प्याडको व्यवस्था गरेको तथा शिक्षामा १७ प्रतिसत बजेट बिनियोजन गरेको बताए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्