Skip to content
Pokharapress Logo
२९ मंसिर २०८२, सोमबार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारक‍ो लागि दिल्ली लगियो

loading views..

पोखरा।  राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अबस्था दिनानुदिन नसुध्रिए पछि उपचारका लागि आज भारत लगिने भएको छ। उनलाई अब केही बेरमा नै श्री एयरको विमानमार्फत भारत लैजान लागिएको राष्ट्रपति प्रेस सल्लाहकार किरण पोखरेलले विभिन्न सञ्चार माध्यमलाई जानकारी दिए ।
पोखरेलका अनुसार उनको नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) माउनको उपचार हुनेछ।
अचानक बेहोस भए पश्चात मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका राष्ट्रपति पौडेलको छातीको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान लागिएको हो ।
त्रिवि शिक्षण अस्पतालका प्रशासन प्रमुख वैकुण्ठ थपलियाले चिकित्सक र परिवारको परामर्शपछि अहिले एयर एम्बुलेन्समार्फत भारत लैजाने तयारी भइरहेको जानकारी दिए ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्