गोरखा। गोरखाको बारपाक सुलिकोट गाँउपालिकाले वैशाख १२ गते सार्वजनिक विदा दिने भएको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर महाभूकम्प गएको थियो ।सोही भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतीमा मंगलबार सार्वजनिक विदा दिन लागिएको गाँउपालिका अध्यक्ष विष्णु प्रसाद भट्टले जानकारी दिए । त्यस दिन गाँउपालिका भित्र रहेका सरकारी तथा गैर सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था र विद्यलय बन्द रहने उनले बताए ।
