Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

गोरखाकाे नबज्याेति माध्यमिक बिद्यालयमा भिषण आगलागी लाखौंको क्षति

गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिका–३, टारीफाँटमा रहेको एक बिद्यालयमा आज दिउँसो आगलागी हुदाँ ५० लाख रुपैया भन्दाबढीको क्षति भएको छ । श्री नवज्वोती माध्यामिक बिधालयमा रहेको कम्युटर ल्यावमा आगलागी हुदाँ ल्याबमा रहेका सम्पूर्ण सामाग्री जलेर क्षति पुगेको वडा नम्बर ३ का वडाध्यक्ष ऋषिराम लामिछानेले जानकारी दिए । बिहान करिब ११ बजेको समयमा बिद्यालयमा पठनपाठन भइरहेका बेला आकस्मिक रुपमा आगलागी भएको उनले बताए ।

‘बिद्यालयमा पठनपाठन सञ्चालन भइरहेको बेला एक्कासी आगलागी भएपछि शिक्षक, बिधार्थी तथा स्थानीय अभिभावकहरु मिलेर आगो नियन्त्रणमा लिएको वडाध्यक्ष लामिछानको भनाई छ । आगलागीको कारण खुल्न नसकेपनि बिद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । ‘आगलागीको अन्य त्यस्तो कुनै कारण देखिएको छैन, उनले भने , ‘कम्युटर ल्याबमा बिद्युत सर्ट भएर आगलागी भएको आंशका गरिएको छ ।’ आगलागीबाट कम्युटर ल्याबमा रहेका ३५ कम्युटर लगायतका उपकरण जलेर पूर्ण रुपमा क्षति भएको वडाध्यक्ष लामिछानले जानकारी दिए ।

‘ल्यावमा रहेका १ थान एभिआर वोर्ड, ३५ थान कम्युटर टेवल, ल्याव कक्षामा जडान गरिएको सिसिटिभी, १ थान प्रिन्टरमा समेत आगलागीबाट पूर्ण रुपमा क्षति पुगेको छ, उनले भने , ‘त्यस बाहेक २५ थान प्लास्टिकको चियर ३० थान कम्युटर चियर, सोलार व्याटी ८ थान पनि आगलागीबाट जलेर क्षति पुगेको छ ।’ क्षतिको थप बिबरण संकलन गर्ने काम भइरहेको वडाध्यक्ष लामिछानेले जानकारी दिए । शैक्षिक सत्र २०८० को कक्षा सुरु भएको आज पहिलो दिन नै बिधालयमा आगलागी भएको बिधालयका प्रधानध्यापक ठाकुरप्रसाद लामिछानेले जानकारी दिए ।

arrow प्रतिक्रिया दिनुहोस्