दमौली। तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका डा० स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेल यस अघि यही क्षेत्रबाट झिनो मतान्तर सहित विजयी भएका थिए।उनी राष्ट्रपति भए पछि सो स्थानमा आइतबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ३४ हजार ९ सय १९ मत प्राप्त गरेर विजयी भएका हुन्। निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरेका छन्।नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन्