Skip to content
Pokharapress Logo
१ असार २०८३, सोमबार

चीन-पोखरा सिधा उडान गर्न राजदुत सोङ संग आग्रह

loading views..
Nepal Telcome

पोखरा। पुस १७ गते प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्नु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा संचालन गर्न पोखराका व्यवसायीले चीन सरकारसँग आग्रह गरेका छन।

पोखरा पर्यटन परिषद्का व्यवसायीहरूको एक टोलीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई काठमाण्डौमा भेटी पहिलो चरण,कम्तिमा चीन–पोखरा बिच चार्टड उडान भए पनि संचालन गर्न आग्रह गरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए।

चिनिया लगानीमा बनेको ठूलो योजना संचालन गर्न चीनसँग नै आग्रह गरिएको बताउँदै अध्यक्ष सुवेदीले परिषद्को आग्रहप्रति राजदूत सोङ सकारात्मक रहेको जानकारी दिए।पोखरामा सडक महोत्सव,खाना महोत्सव लगायतका गतिविधि बढाउन राजदूतले सुझाव दिएको सुाउँदै उनले यस्ता गतिविधिले उडान संचालन गर्न सहयोग पुग्ने भनाई राखेको जानकारी दिए ।

टोलीलमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, रेवान पोखराका अध्यक्ष नरेशवहादुर भट्टराई, ओभरसिज चाइनिज एशोसिएशनका अध्यक्ष तथा प्रतिनिधि र पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिम्सिना लगायत पनि सहभागी रहेको जनाइएको छ । सोही अवसरमा टोलीले मुस्ताङ स्थित कोरला नाका खोल्न पनि चीनसँग आग्रह गरेको थियो ।आगामी जुनमा फेवा तालमा संचालन हुने बोट रेस प्रतियोगिता र खाना महोत्सवका लागि चीन सरकारले सघाउन लागेको पनि जनाइएको छ । चीनका तर्फबाट आठ वटा ड्रागन बोट पोखरा महानगरलाई प्रदान गरिने र ती डुंगामा नेपालका सातै प्रदेश र चीनबाट समेत प्रतिनिधित्व हुने गरी प्रतियोगिता संचालन हुने संघका अध्यक्ष सुवेदीले जानकारी दिए ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link