Skip to content
Pokharapress Logo
३० आश्विन २०८२, बिहीबार

नेपालमा संसदीय व्यवस्था पूर्ण रुपमा असफल:बिप्लब

loading views..

पोखरा। पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताए का छन्।

तत्कालीन दस वर्षे जनुयुद्धका क्रममा राज्यद्धारा बेपत्ता पारिनुभएका विद्यार्थी नेता पूर्ण पौडेलको स्मरण तथा प्रतिष्ठान घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उनले विभिन्न मानिसका चलखेल र धमिलो पानीमा माछा मार्ने प्रवृत्तिले गर्दा आयोगसम्बन्धी विधेयक लामो समय अड्काएर राखिएको जिकिर गरे ।

उनले भने,“ शान्ति प्रक्रिया सुरु भएको र संविधान निर्माणको लामो समय व्यतित हुँदा समेत शान्ति प्रक्रियामा व्यवस्था भएका बेपत्ता भएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम पूरा भएको छैन । हालसालै मात्र प्रमुख दलहरुबीच यस सम्बन्धमा सहमति भएर विधेयक विशेष समिति मार्फत छिटो अघि बढाउने र आयोगबाट टुँगो लगाउने भन्ने भएको छ । अब आरोप प्रत्यारोप नगरिकन संवेदनशिल विषयलाई छिटो भन्दा छिटो टुङ्गाउनुपर्दछ ।”

डा.भट्टराईले सहिद, वेपत्ता तथा घाईतेको विषय माओवादीको मात्र विषय नभएको बताउनुभयो । जनुयद्धले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, संघीयता, धर्मनिरपेक्षता, समावेशीतालगायतका विषय सबै पार्टी र जनताको भएकाले त्यसका लागि लड्नेहरुको समस्या पनि सबैको भएको उनको भनाई छ ।

पूर्वप्रधानमन्त्री भट्टराईले जनताको असन्तुष्टिलाई सम्बोधन गर्न नसके देश डरलाग्दो अराजकतामा फस्ने समेत उल्लेख गरे।
“देशमा चरम असन्तुष्टि छ । केही समय यताका परिघटनाहरु हेर्नूस् वा उपनिर्वाचनलाई हेर्नुस् । जुन प्रकारका असन्तुष्टिहरु व्यक्त भईराखेका छन् । यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।” उनले भने।उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर छिटो भन्दा छिटो जनतालाई सुशासन र समृद्धिको जनताको चाहना पूरा गर्नेतर्फ लाग्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का महासचिव देव गुरुङले सहिद, वेपत्ता तथा घाईतेहरुलाई न्याय दिनु राज्यको कर्तव्य भएको बाताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले नेपालमा संसदीय व्यवस्था असफल भएको दाबी गरे छोटो छोटो समयमा सरकार परिर्वतन हुँदा समेत जनताका चाहना सम्वोधन नभएको चन्दले  बताए ।

उनलेले भने “आजको आर्थिक, राजनीति, सांस्कृतिक संकटको मुख्य कारण राजनीतिक प्रणाली स्थिर हुन सकेन । सरकारले सपना,लक्ष्य र मानचित्र प्रस्तुत गर्न सकेन । अहिले देशमा स्थिरता चाहिएको छ । ”

कार्यक्रममा नेपाली कांग्रेसका नेता यज्ञबहादुर थापा, नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल, नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य नारायण अधिकारी लगायतले परिर्वतनमा योगदान दिने शहीद तथा बेपत्ताका सपना पूरा गर्नुपर्ने दायित्व सबै राजनीतिक दलहरुको भएको बताएका थिए।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्