पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
यसअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न दिएको समयभित्र नेता पाण्डेले दाबी पेस गगरेका थिए । उनलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका सात र स्वतन्त्र सांसद (दीपक मनाङे) को समर्थन छ ।नवनियुक्त मुख्यमन्त्री पाण्डेले भोलि शुक्रवार पद तथा गोपनीयताको शपथ लिने जनाइएको छ । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै एमालेका खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।
