काठमाण्डु। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच एकाबिहानै भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ।
‘रवि लामिछाने चितवन २ बाट निर्वाचित भएकोमा प्रधानमन्त्रीले बधाई, शुभकामना दिनुभयो,’ प्रधानमन्त्रीको सचिबालयले पोखराप्रेसलाई बतायो , ‘उहाँहरूबीच एजेन्डागत छलफल त थिएन तर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भयो।’
सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए।त्यसमा लामिछाने सकारात्मक रहेको सचिवालयको भनाइ छ।
Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.