Skip to content
Pokharapress Logo
१० असार २०८३, बुधबार

सकम्बरीकाे जबाफ

loading views..
Nepal Telcome

साताको कविता

हिड्छौ ठाँट्टिएर
बोल्छौ च्याँठ्ठिएर
यो शरीर किन्ने पैसा
यो डुल्दै हिड्ने पैसा
भन कस्ले कमायो ?
ए ट्यापे दाइ !
भन कस्ले कमायो ?

चढ्छौ बुलेट बाइक
खेल्छौ सँधै फाइट
पड्काउँछौ जिब्रो
इज्जत छैन कि तिम्रो ?
यो म मा च चि भाषा
यो बलात्कारको नशा
तिम्लाई कस्ले सिकायो
ए ट्यापे दाइ !
भन कस्ले सिकायो ?

काम सिन्को भाँच्नु छैन
तर सँधै मस्ती चैन
खेल्छौ हाम्रा दु:खमाथि
गुण्डा छन तिम्रा साथी
उल्टै हाम्लाई सोध्ने हिम्मत
तिम्लाई के ले पलायो
ए ट्यापे दाई
भन क्यारी पलायो ?

राती हामीसँगै आउने
घरमा‌ ढाँट्न नि भ्याउने
हामी वेश्या तिमी‌ सज्जन
अझ उल्टै तिम्रो गर्जन
तिम्लाई कल्ले सिकायो ?
ए ट्यापे दाइ !
भन कल्ले सिकायो ?

हामी लाखौं सकम्बरी
सोच्ने गर्छौं घरी घरी
तिमी सोच्छौ हामी लवस्तरी
हामी सोच्छौ तिमी कठैवरी
यो आइमाई किन्ने चलन
यो समाजको जलन
भन कल्ले चलायो
ए भाले दाइ
भन कल्ले चलायो ?

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link