अनैतिक र असंवैधानिक काम गर्ने ओलीले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन : उपेन्द्र यादव

अनैतिक र असंवैधानिक काम गर्ने ओलीले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन : उपेन्द्र यादव

  • आइतबार, पौस २६ २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनेभन्दा कसैले पनि नपत्याउने बताएका छन् । उनले अनैतिक र असंवैधानिक काम गर्ने ओलीले चुनाव गराउनेभन्दा कसैले नपात्याउने बताएका छन् ।

जसपाले शनिबार विराटनगरमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली अहिले प्रवृत्ति र चरित्रको रूपमा देखापरेका छन्, यसको विरोध हुनुपर्ने बताएका छन् ।

यादवले भने, ‘ओलीको चिन्तन निरंकुश पञ्चायतको भन्दा रत्तिभर फरक छैन। यो निर्वाचनका लागि होइन, तानाशाही, सर्वसत्तावाद र निरंकुशता लाद्न घोषणा गरिएको हो।’
उनले ओली र उनका सहयोगीले चुनाव नगराउने पनि ठोकुवा गरेका छन्।

‘संसद विघटन हुनेबित्तिकै सरकार कामचलाउ बन्छ’, उनले भने ‘तर, त्यही काम चलाउ हैसियतको सरकार धमाधम मन्त्री थप्छ। यति अनैतिक र असंवैधानिक काम गर्नेले चुनाव गराउनेभन्दा कसैले पत्याउँदैन’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.