Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

एमाले सचिव टोप बहादुर रायमाझी फरार,छोरा सन्दीप पक्राउ

loading views..

पोखरा। नेकपा एमाले सांसद लक्ष्मी कोईरीको निलम्वनपछि एमाले सचिव तथा सांसद टोप बहादुर रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारि गरेको छ।छोरा सन्दीप रायमाझीलाई पक्राउ पछि अदालतमा उपस्थित गराएको छ। एमाले नेता टोप बहादुर रायमाझी भने एकाएक फरार भएका छन।नेपालीलाई शरणार्थी बनाएर विदेश पठाउने अपराधमा रायमाझी मुख्य योजनाकारको रूपमा आरोपित छन।तत्कालिन गृहमन्त्री तथा एमाले उपाध्यक्ष राम बहादुर थापा ‘वादल’ का स्वकीय सचिव डा.इन्द्रजीत राई पक्राउ परेपछि ठुलाबडा भनिएका नेताहरूले शरणार्थी बनाएर ठगी गर्ने गिरोह बारे पोल खुल्ने चरणमा पुगेको हो।

सचिव टोप बहादुर रायमाझी पक्राउपछि,एमाले शिर्ष नेताहरूले कानुनी राज्यको पालना गर्दै अनुसन्धानमा सहयोग गरेर जाने बताएका छन।यद्यपि लहरो तान्दा पहरो थर्कने मात्र नभई ठुला-ठुला माछा हात पर्ने संभावना बढ्दै गएको छ।यी काण्ड बारे अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मौनता बारे पनि प्रश्न उठेको छ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले भ्रष्टचारका फाईल खोल्न आफु तयार रहेको बताएका छन।यस कार्यले सरकार चर्चा का लागि मात्र नभई ब्यवहारिकतामा पनि कार्य गरेको छ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्