प्रचण्ड र ओलीबिच भेटघाट

प्रचण्ड र ओलीबिच भेटघाट

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ । आजै प्रधानमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटपछि प्रचण्डले ओलीसँग भेटवार्ता गरेका हुन् । भेटघाटका अबसरमा प्रधानमन्त्रीसँग बादल टोपबहादुर लगायतलाई कडा कार्बाही गर्न सुझाएका ओलीले पत्रकारहरुसँग भने आफ्ना नेता कार्यकर्तालाई सुनियोजित तबरबाट फसाउन खोजिएको बताए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pokharapress.com Site By: SobizTrend.