Skip to content
Pokharapress Logo
१८ फाल्गुन २०८२, सोमबार

शरणार्थी बनाएर ठगेका एमाले नेता रायमाझीको घरमा छापा

loading views..

काठमाण्डु। भुटानी शरणार्थी बनाएर नेपालीलाई ठगेको आरोपमा फरार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

पूर्वमन्त्रीसमेत रहेका रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौँ र ललितपुरको प्रहरीले छापा मारेको हो ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । तर, उनी बेपत्ता भएका छन् ।

प्रहरीले सोमबार मात्रै देशभर रायमाझीलाई खोजी गर्न सर्कुलर जारी गरेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्