Skip to content
Pokharapress Logo
१ पुष २०८२, मंगलवार

शरणार्थी बनाएर ठगेका एमाले नेता रायमाझीको घरमा छापा

loading views..

काठमाण्डु। भुटानी शरणार्थी बनाएर नेपालीलाई ठगेको आरोपमा फरार नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा मारेको छ ।

पूर्वमन्त्रीसमेत रहेका रायमाझीको सातदोबाटोस्थित घरमा काठमाडौँ र ललितपुरको प्रहरीले छापा मारेको हो ।

नक्कली शरणार्थी प्रकरणमा प्रहरी अनुसन्धानमा तानिएपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ । तर, उनी बेपत्ता भएका छन् ।

प्रहरीले सोमबार मात्रै देशभर रायमाझीलाई खोजी गर्न सर्कुलर जारी गरेको थियो ।

loading views..

arrow प्रतिक्रिया दिनुहोस्