Skip to content
Pokharapress Logo
२७ मंसिर २०८२, शनिबार

नेतृत्वको मृत्यु पश्चात नेतृत्वमा पुग्छन् माधव नेपाल :ओली

loading views..

काठमाडौं । काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलेले माधवकुमार नेपाल चुनाव लडेर पार्टीको नेतृत्वमा पुग्न नसक्ने बताए । राजधानीको प्रज्ञा भवनमा बागमति प्रदेश स्तरको युवासंघ नेपालको भेलालाई सम्बोधन गदै ओलीले माधवकुमार नेपाल चुनाव लडेर नेतृत्वमा आउन नसक्ने आरोप लगाए । माधवकुमार नेपालको अनुहार आफु विमारी हुँदा धपक्क बल्ने गरेको र सन्चो भएर घर आउँदा बत्ति गएको अध्यारो जस्तो हुने गरेको आरोप लगाए ।  उनले भने ‘उहाँ मदन भण्डारीको मृत्युपछि महासचिव हुनु भयो । मलाई मर्ला र अध्यक्ष हुँला भन्ने आसमा हुनु हुन्थ्यो । तर त्यस्तो भएन । मसंग चुनाव लड्दा हार्नु भयो । तर अध्यक्षको लोभ छोड्नु भएन ।’ ओलीले कहिले काँहि प्रचण्डको पनि माया लाग्ने गरेको बताए । संगै काम गरेको भएर कहिले काँहि प्रचण्डको माया लाग्छ ।  उ नले प्रचण्ड सुध्रने एक मौका आएका तर उनले त्यो मौका गुमाएको बताए । स्याल पेन्टको बाल्टीमा परेर हरियो हुँदा सबै जानवारलाई जंगलको राजा हुँ भन्दै हिड्यो । तर जब स्याल करायो , उ पनि कराउन थाल्यो । स्यालले राजा हु भनेपनि स्याल नै भएको जिकिर गदै उनले भने ‘मौका आएका थियो , लोकतन्त्रप्रति विश्वास दिलाउने । विधि विधान मान्य तर उहाँ जे हो त्यहि देखाउनु भयो । उहाँले म नै हुँ भनेर देखाउनु भयो तर अन्तिमा जे हो त्यहि हुने भइहाल्यो ।’ ओलीले जनयुद्ध फर्सि झै कुहिएको बताए । उनले जात जातिबीच फुटाउन खोजेको ,जाति राज्यको माग गरेको तर केहि पनि सफल नभएको आरोप लगाए ।  आफुलाई घेराबन्दी गरेपछि एक्लै सरकार चलाएको स्वीकारे । उनले भने ‘मलाई चारै तिरबाट घेरा बन्दी गर्न थालेपछि सरकार पेलेर नै एक्लै चलाएको हुँ ।’ १४ गते पुसको आन्दोलनलाई इकित गदै प्रचण्ड–नेपालको जुलुसमा लागेका नारा भट्टी पसलको भन्दा पनि तल्लो स्तरको भएको बताए । उनले त्यस्ता नारा त भट्टी पसलमा पनि बोल्दैनन् त्यस्ता तल्लो स्तरको नारा लगाएको भन्दै आक्रोश पोखेका थिए ।  आफुले संसद विघटन संविधानको धारा ७६को उपधारा ७ अनुसार गरेको बताएका छन् । उनले भने ‘संविधानको कुन धारामा टेकेर विघटन गऱ्यो भन्छन् हेरे हुन्छ संविधानको धारा ७६को उपधारा ७ त्यहि अनुसार विघटन गरेको हुँ ।’

loading views..

arrow प्रतिक्रिया दिनुहोस्