Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

सरकारी वकिल कार्यालयमा खाँणको हाँस्यस्पद बयान : कोही अमेरिका गएका छैनन् भने कसरी ठगी हुन्छ ?

खाँणले मनी ट्रान्सफरमार्फत पैसा बुझेको प्रमाणसहितका अन्य कल डिटेल फेला पारेपछि खाँणलाई प्रक्राउ गरिएको थियो । तर खाँणले उक्त कुराको प्रहरीसँगको बयानका क्रममा अश्वीकार गरेका थिए । उनलाई जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानका लागि लगिएको थियो। सरकारी वकिलसँगै अनुसन्धान अधिकारीहरु बसेर गरेको बयानमा खाणले आफ्नो बचाउको भरपुर प्रयास गरेको छानविनमा सहभागी एक अधिकृतले बताए।

सुरुमा पक्राउ गर्न गएका प्रहरीहरुलाई यो प्रकरणमा आफनो कुनै संग्लन्नता नरहेको भन्दै अस्वीकार गरेपनि उनलाई निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । तर, उनले प्रक्राउ गर्न पुगेका प्रहरीलाई जे जे बयान लिनुछ, निवासमै लिनु भन्दै हिरासत जान आनाकानी गरेर कोठाको चुकुल लगाएर बसेका थिए । त्यसपछि प्रहरीले कोठाको ढोका नै तोडेर खाँणलाई नियन्त्रणमा लिएर टेकु स्थित महानगरीय प्रहरी परीसर लगेको थियो ।

खाँण पक्राउका लागि तत्कालिन गृहसचिव टेकनारायाण पाण्डेको फरम्याट गरिएको मोवाइल पून रिकभर भएपछि भेटिएको प्रमाण हो । सुरुमा पाण्डेले पनि बयान अश्वीकार गरेपनि मोवाइल फरम्याट गरेपनि रिकभर भएपछि देखा परेको प्रमाणपछि भने उनी गलेका थिए । त्यही क्रममा प्रहरीले पाण्डे र खाँणका बीचमा आर्थिक लेनदेनका विषयमा भएको कुराकानी समेत फेला पारेको थियो । अनि मात्र पाण्डेले खाँणको नाम समेत पोलेको प्रहरी अधिकारीहरु बताउँछन् ।

खाणले सरकारी वकिलको कार्यालयमा पनि आफ्नो संलग्नताबारे स्वीकार गर्न चाहेनन्। प्रहरीले सचिव टेकनारायण पाण्डेको मोबाइलमा भएका एसएमएस र अन्य प्रमाणहरुले घुसवापत रकम लिएको देखिएको भनेपछि खाणले प्रतिवाद गर्न खाजेका थिए।

‘बयानका क्रममा सचिव पाण्डे र मन्त्रीकाबीचमा रकम लेनदेनका विषयमा भएको कुराकानीको एसएमएस देखाइएको थियो,’ अनुसन्धानमा संलग्न स्रोतले भन्यो, ‘उक्त एसएमएस हेरेपछि उनले स्वीकार गरे झै गर्दै रकम लिएको भए पनि नक्कली शरणार्थी भएका मानिसहरु कोही अमेरिका गएका छैनन् भने कसरी ठगी हुन्छ ? भन्दै प्रतिप्रश्न गरे।’

arrow प्रतिक्रिया दिनुहोस्