Skip to content
Pokharapress Logo
२९ श्रावण २०८२, बिहीबार

काठमाण्डुमा २४सैं घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने बालेन शाहकाे घाेषणा

काठमाण्डु। काठमाण्डु महागनरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)ले काठमाडौँमा २४सैं घण्टा नि:शुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन् । शनिवार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बालेनले १०२ मा कल गरेर २४सै घण्टा एम्बुलेन्स सेवा लिन सकिने जानकारी दिएका हुन् ।
उनका अनुसार यसमा कुनै शुल्क तिर्नुपर्ने छैन । ‘काठमाडौंभरी २४ घन्टा नै १०२ मा मा कल गरेर फ्री एम्बुलेन्स सेवा लिन सक्नुहुन्छ । यो सुबिधा प्रयोग गरेबापत् कुनै शुल्क तिर्नपर्ने छैन,’ बालेनले फेसबुकमा लेखेका छन् ।

arrow प्रतिक्रिया दिनुहोस्