Skip to content
Pokharapress Logo
१ जेष्ठ २०८३, शुक्रबार

गाेरखानाथ मन्दिरमा २० औं सवालाख रोट महोत्सव ११ ओै दिनमा सम्पन्न

loading views..
Nepal Telcome

गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा २०औं सवालाख रोट महोत्सव सम्पन्न भएको छ । बैशाख २२ गतेबाट सुरुभएको महोत्सव जेठ १ गते आज अन्तिम दिन बैदिक विधी अनुसार दसांश हवन गरेर सम्पन्न गरिएको महोत्सवका संयोजक रामजी अर्यालले जानकारी दिए ।२०५९ साल यताकै उत्साहजनक महोत्सव भएको भन्दै आगामी दिनमा पनि भक्तजनहरुबाट यस्तै प्रकारको सहभागीताकोअपेक्षा रहेको उनले बताए ।उनका अनुसार गएको सनिबार मात्रै २० हजार भक्तालुजनहरुको उत्साह पुर्बक सहभागीता रहेको थियो ।

आयोजकले महोत्सव अवधिभर ३० हजार श्रद्वालु भक्तालुजनहरुको सहभागीता अपेक्षा भएतापनि यस पटकको महोत्सवमा ४० हजारभन्दा बढीले महोत्सवको अबलोकन गरेका थिए । महोत्सवमा भारतको गुजरातबाट नाथ संप्रदायका मानिसहरुको सहभागीता रहेको थियो भने संयुक्त राज्य अमेरिकाबाट पनि ५ जनाको टोलीले महोत्सवमा सहभागीता जनाएका थिए ।

भारत र अमेरिकाबाट आएका उनीहरुले हवन कार्यमा समेत सहभागीता जनाका थिए। महोत्सव अवधिभर केन्द्रले दरवार परिषरमा रहेको कार्यालय भवनमा भक्तजनहरुलाई निःशुल्क खाना बासको ब्यबस्था गरेको थियो ।

सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको रोट महोत्सव हरेक बर्ष बैशाख पुर्णिमाबाट सञ्चालन हुने गर्दछ । सिद्वाश्रम शक्ति केन्द्रको आयोजना भएको महोत्सवमा ११ दिनको अवधिमा गुरु गोरखनाथलाई १ लाख ६१ हजार रोट अर्पण गरिएको आयोजकले जानकारी दिएको छ ।

tata
loading views..

arrow प्रतिक्रिया दिनुहोस्

world link