उक्त छात्रवृत्ति कार्यक्रमको लागि आवेदन पेश गर्न पुन: एक हप्ता म्याद थप गरिएको श.ल.गा.पा. प्रशासकीय अधिकृत बाबुराम मगरले बताए।
प्रती बिद्यार्थी रु.२०,०००/- का दरले प्रदान गरिने उक्त छात्रवृत्ति कार्यक्रममा दलित, सिमान्तकृत, अनाथ, असहाय तथा अति बिपन्न मेधावी बिद्यार्थीहरु मात्र समावेश हुने पालिका अध्यक्ष रमेशबाबु थापा मगरले बताए ।